शुक्रवार, पौष १८, २०८२
Sancharmanch

झलनाथ खनाल भन्छन निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्छ

Posted by:
शनिवार, फागुन २८, २०७८

२०७८ फागुन २८/ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताउनुभएको छ ।शनिबार काठमाडौंमा पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाइ सम्बोधन गर्दै खनालले आगामी चूनावमा कांग्रेस र एमालेले पैसा बोकेर जाने तयारी गरेको भन्दै निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताउनुभएको हो ।उहाले कांग्रेसका एक समूह र एमालेले आफुलाई निर्वाचनमा एक नम्वरमा हराउने निर्णय नै गरेको समेत बताउनुभयो । कांग्रेसभित्र प्रधानमन्त्री एकतावद्ध भएर नै जानुपर्ने भन्ने पक्षमा रहेको र अर्को पक्ष भने पैसा बोकेर भएपनि अरुलाई हराउने पक्षमा रहेको उहाले बताउनुभयो । खनालले चूनावमा पराजयको डरले आफुहरु नभाग्ने भन्दै पार्टीको नीतिका साथ जनतामाझ जाने उल्लेख गर्नुभयो । त्यस्तै उहाले जनतालाई भ्रममा पारेर नभई व्यवहारिक रुपमा नै सम्भव हुने कुरा लिएर निर्वाचनमा होमिने धारणा राख्नुभयो ।खनालले यहि गतिमा पार्टी अघि बढे दुई तीन बर्षभित्र आफ्नो पार्टी मुलुकको पहिलो पार्टी हुने दावी गर्नुभयो ।

सम्बन्धित खबर