शुक्रवार, पौष १८, २०८२
Sancharmanch

टि प्लस टु मा राफसाफ नभए ब्रोकरलाई कारबाही

Posted by:
सोमवार, फागुन २३, २०७८

२०७८ फागुन २३/ धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले काराबार भएको दुई दिनपछि (टि प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हमालले सेयर कारोबार तोकिएको समयभित्र सेटलमेन्ट नभए तत्काल कारवाही गर्ने चेतावनी दिनुभएको हो ।उहाले अव साना लगानीकर्ता ठगिने अवस्था आउनु नहुने भन्दै लगानीकर्ताले दिएको रकम ब्रोकरले अन्तै लगानी गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।हमालले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अन्तराष्ट्रिय अभ्यास रहेको भन्दै नेपालमा पनि यसलाई प्रभावकारी कार्यान्वयन गर्ने बताउनुभयो । हमालले आफूहरुले लगानीकर्ताको गुनासो सुन्ने एप छिट्टै बनाउने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा उहाले आफ्नो लामो अनुभवका आधारमा धितोपत्र बजारको विकास र विस्तारमा आफ्नो कार्यकाल सफल बनाउने आश्वासन दिनुभयो ।आफु बोर्डमा सेटिङ्गमा आएको भन्ने व्यक्तिहरुको पछाडि आफु नलाग्ने उहाले बताउनुभयो ।

सम्बन्धित खबर