बिहिवार, पौष १७, २०८२
Sancharmanch

राष्ट्रिय महिला भलिवलमा प्रहरी, आर्मी, शसस्त्र, न्यू डायमण्ड सेमिफाइनलमा प्रवेश

Posted by:
आइतवार, फागुन २२, २०७८

२०७८ फाल्गुन २२/ झापाको दमकमा जारी प्रथप दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को दोस्रो खेलमा काठमाण्डौंका राष्ट्रिय टिमहरु सेमी फाइनल खेलमा प्रवेश गरेका छन् ।आज भएको दुई चरणको खेलमा त्रिभूवन आर्मी, शसस्त्र प्रहरी बल, न्यू डायमण्ड क्लव र नेपाल प्रहरी विजयी बनेका छन् । विजयी टिमले आयोजक दमक भलिवल क्लव र प्रदेश नम्बर एकलाई दुई चरणको खेलमा हराएर सेमी फाइनलमा प्रवेश गरेका हुन् ।दमक नगरपालिका खेलकुद समितिको आयोजनामा दमकको पशुहाटमा ११२ औं अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर महिला सशक्तीकरणका लागि आयोजना गरिएको खेल प्रतियोगितामा भोलि नेपाल प्रहरी र त्रिभूवन आर्मी तथा शसस्त्र प्रहरी र न्यू डायमण्डबीच सेमी फाइनलको खेल हुने आयोजकले जानकारी दिएको छ । भोलि पहिलो सेमी फाइनल विहान ९ र दोस्रो अपरान्ह २ बजे हुनेछ ।खेलमा प्रथम हुनेले २ लाख र दितीय १ लाख नगद पाउने छन् । यस्तै तेस्रो हुनेले ५० हजार र सान्तवना हुने टीमले २५ हजार नगद प्राप्त गर्नेछन् ।

सम्बन्धित खबर