मङ्गलवार, भदौ ३, २०८२
Sancharmanch

वडा अध्यक्ष खुलालको पहलमा सम्पनन भयो निशुल्क लोकसेवा तयारी कक्षा

बुधवार, फागुन ४, २०७८

२०७८ फागुन ५/ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीको पहलमा वडा तथा अन्तरवडाका विपन्न परिवारका युवाहरुलाई निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । ३० दिन सम्म सञ्चालन भएको कक्षामा ६० जना युवाहरु सहभागि रहेको वडा अध्यक्ष खुलालले जानकारी दिनु भयो । एक महिसना सम्म सञ्चालन भएको तयारी कक्षा सञ्चालनका लागि झापाको दमक स्थित सि एस सि आइ एजुकेशन फाउण्डेशनले सहजिकरण गरेको थियो । गत सोमबार आयोजना गरिएको समापन कार्यक्रममा वोल्दै तयारी कक्षामा सहभागि युवा शन्तकुमार कर्णले ग्रामिण क्षेत्रमा यसरी लोकसेवा तयारी कक्षा सञ्चालन हुनु युवाहरुका लागि नविनतम प्रयास भएको भन्दै वडा अध्यक्ष मनोज खुलाल कार्कीको खुलेरै प्रशंसा गर्नु भयो ।

त्यसै गरी तयारी कक्षामा सहभागि विद्यार्थी विश्व विक्रम दाहालले वडाले युवा वडा अध्यक्ष पाएका कारण सम्पुर्ण क्षेत्रको संवोधन गरेर कार्यक्रम सञ्चालन हुने गरेको वताउनु भयो । उहाँले तयारी कक्षाले लोकसेवामा कसरी उत्तर लेख्ने देखि समय ब्यवस्थापन सम्मका तरिकाहरु सिकाएको वताउनु भयो ।

यसरी युवाहरुलाई समेट्दै वडाको मात्र हैन नगर वाट पनि फरक कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको वताउँदै ग्रामिण क्षेत्रका युवाहरु वाहिर गएर धेरै पैसा खर्च गर्नु पने वाध्यताको अन्त्य भएको स्थानिय समाजसेवी लोक वहादुर रोकाले वताउनु भयो ।

कार्यक्रममा वोल्ने क्रममा शिवगञ्ज क्याम्पसका प्राध्यापक संजय राइले साविक शिवगञ्ज गा.वि.स. र पाँचगाछि गा.वि.स.राज्य पुनरसंरचना हुँदा एउटै वडामा समायोजन भएको र यो क्षेत्र अत्यन्तै पिछडिएको हुँदा समाज उत्थानका यस्ता कार्यक्रमले सकारात्मक परिणम दिने वताउनु भयो ।

विद्यार्थीहरुको माग वढेका कारण गत आर्थिक वर्षमा सञ्चालन भएको कार्यक्रम यस वर्ष पनि दोहोर्याउनु परेको वडा सदस्य बद्रिनाथ खनालले जानकारी दिनु भयो ।

शिवगञ्ज क्याम्पसका प्राध्यापक पदम थापाले समाजका विभिन्न क्षेत्रमा रहेर योगदान गर्न सक्ने वनाउने वडाको कदम अत्यन्तै प्रभावकारी भएको वताउँदै वडा अध्यक्षको दुर दृष्टि र मिसन वास्तवमा जन प्रतिनिधीमा हुनुपर्ने गुण रहेको भन्दै वडा अध्यक्ष खुलालको प्रसंसा गर्नु भयो ।

वडाले सञ्चालन गरेको तयारी कक्षा वाट विद्यार्थिहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास ब्यक्त गर्दै वडा सदस्य लक्ष्मि प्रसाद गुरागाईले कक्षामा सहभागि मध्ये वाट नाम लोकसेवा आयोगमा निकाल्न सफल हुने विश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा वोल्दै वडा अध्यक्ष मनोज खुलाल कार्कीले विद्यार्थिहरुको चाहना अनुसार कक्षा सञ्चालनका लागि वडाले कार्यक्रम भित्र समेटेको वताउँदै आगामि दिनमा थप कक्षा सञ्चालनका लागि बृहत कार्यक्रम वनाएर अघि वढ्ने वताउनु भयो ।

वडा सचिव विमल वाँस्कोटाले स्वागत गरेको कार्यक्रममा वडा अध्यक्ष मनोज खुलाल कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने सि एस सि आई दमकका संस्थापक प्रिन्सिपल राजु गौतमको अध्यक्षता रहेको थियो ।

कार्यक्रम समापन गर्दै प्रिन्सिपल गौतमले ३० दिन सम्म कक्षामा सहभागिहरुलाई थप कक्षा लिन चाहेमा दमकमा सञ्चालन हुने कक्षामा २० प्रतिसत सम्म छुट दिने साथै कम्प्युटर सम्वन्धि युनिकोड टाइपिङ र नेपाली टाइपिङ निशुल्क सिकाउने पनि वताउनु भयो ।

सि एस सि आई दमकका मदन अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कलेजका प्राध्यापक, स्थानि समाज सेवी, वडाका जन प्रतिनिधी, कक्षामा सहभागि विद्यार्थिहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

सम्बन्धित खबर