आइतवार, असार १५, २०८२
Sancharmanch

स्मृति ग्रन्थ ‘स्वर साधक’ तथा गीति संग्रह ‘कुनै भेदभाव छैन’ बिमोचन

बिहिवार, माघ २७, २०७८

२०७८ माघ २७/ अमर श्रष्टा जगतमर्दन थापाको ८६ औं जन्म जयन्तिको अवसरमा उहाको स्मृति ग्रन्थ ‘स्वर साधक’ तथा गीति संग्रह ‘कुनै भेदभाव छैन’ बिमोचन गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त स्मृति ग्रन्थ तथा गीति एल्वम विमोचित भएको हो ।

स्मृति ग्रन्थ ‘स्वर साधक’ का सम्पादक विवश वस्ती, प्रकाशक तथा जगतमर्दन थापाका सुपुत्र मोहितमर्दन थापा, वहाँका परिवारका सदस्यहरु, गीतकार संघ नेपालका कार्यसमितिका पदाधिकारीहरु तथा संचारकर्मीहरुको उपस्थितिमा उक्त स्मृति ग्रन्थ तथा गीति संग्रह विमोचन भएको हो । कार्यक्रममा गीतकार यादव खरेलले जगतमर्दन थापाको व्यक्तित्व, गीतियात्राको बारेमा चर्चा गर्दै वहाँको सृजना तथा कृतिहरुलाई संग्रह गरेर राख्नु पर्ने बताउनु भयो । गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङले गीतकार संघ नेपालर्ले जगतमर्दन थापा स्मृति गीतकार संघ नेपाल अक्षय कोष’ स्थापना भएको र यहि संस्थाले नै वहाँका गीति सृजनाको बारेमा खोज, अनुसन्धान गर्ने बताउनु हुदै जगतमर्दन थापाले नेपाली गीति क्षेत्र र साहित्यको क्षेत्रलाई दिनु भएको योगदानको चर्चा गर्नु भयो ।

सम्बन्धित खबर