शुक्रवार, पौष १८, २०८२
Sancharmanch

सवै नागरिकका लागि छिटै कोरोना बिरुद्धको बुष्टर डोज प्रदान गर्ने

Posted by:
बुधवार, माघ २६, २०७८

२०७८ माघ २६/ स्वास्थ्यमन्त्री विरोध खतिवडाले सवै नागरिकका लागि छिटै कोरोना बिरुद्धको बुष्टर डोज प्रदान गर्ने बताउनुभएको छ । बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपङ्तीमा काम गर्नेलाई दिइएरहेको बुष्टर डोज केहि दिनभित्रै सवै नागरिकका लागि प्रदान गर्ने बताउनुभएको हो ।

मन्त्री खतिवडाले बिद्यार्थीहरुका लागि पनि खोप प्रदान गर्ने काम सुरु भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउने धारणा राख्नुभयो । त्यस्तै उहाले कोरानाबिरुद्धको थप खोप ल्याउने क्रममा रहेको भन्दै खापको अभाव हुन नदिने बताउनुभयो । बिपन्न बर्गका लागि स्वास्थ्य उपचार निशुल्क नै रहेको भन्दै सर्वसाधारणमा जानकारी नहुदा प्रभावकारी हुन नसकेको उहाले बताउनुभयो ।अनेरास्ववियुले सरकारी र सामुदायिक अस्पतालमा बिद्यार्थी, किसान, मजदुर लगाएत आर्थिक अभाव भएका नागरिकको उपचारमा चेकजाँच दर्ता निशुल्क बनाएर सहज उपचार गर्ने वातावरण बनाउन माग गर्दै मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाएको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर