मङ्गलवार, भदौ ३, २०८२
Sancharmanch

बर्ड फ्लु रोग प्रभावीत क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

मङ्गलवार, माघ २५, २०७८

२०७८ माघ २५/ सरकारले मोरङका केहि क्षेत्रलाई बर्डफ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बर्ड फ्लु नियन्त्रण गर्न मोरङ बिराटनगर महानगरपालिका –१८ स्थीत हिमालय कृषि फार्मलाई केन्द्रबिन्दु मानी बर्ड फ्लु रोग प्रभावीत क्षेत्र घोषणा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै बैठकले धितोपत्र दर्ता तथा निष्काशन पाचौ संशोधन नियमावली स्वीकृत गरेको छ भने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण पहिलो संशोधन नियमावली स्वीकृत गरेको छ । मन्त्रीपरिषद्ले सिंगापुर इटालीको रोम र रोमानीयाको बुखारेसमा कार्यरत अबैतनीनक नेपाली महाबाणिज्यदूतहरुको समय थप गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय अन्तर्गत गोरखाको कार्य क्षेत्रमा पर्ने घर टहराको राहत स्वरुप क्षतिपूर्ति दिन स्वीकृत दिने निर्णय गरिएको जनाइएको छ । फेवातालको जलाधार क्षेत्रलाई संरक्षति क्षेत्र घोषणा गर्ने राष्ट्रिय प्रसारण ११ औं संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।प्रवक्ता कार्कीले रिपोर्ट र वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ बाहिर ल्याउने बताउनुभयो । उहाले सीमा क्षेत्रमा कुनै समस्या आए कूटनीतिक ढंगले समाधान खोज्ने जिकिर गर्नुभयो । मन्त्रिपरिषद् बैठकले नसर्ने रागको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रिय कार्ययोजना स्वीकत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै सोमबारकै मन्त्रीपरिषद् बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबर