बिर्तामोड, झापा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगर कमिटीले दसैँ अभियानअन्तर्गत २४ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

रास्वपा बिर्तामोड नगर सचिव सृजन अधिकारीको नेतृत्वमा बिर्तामोड नगरपालिका वडा नम्बर ३, ४ र ९ का विभिन्न २४ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो।

दसैँको अवसरमा आर्थिक रूपमा विपन्न परिवारलाई राहत पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियान पार्टीका सक्रिय सदस्य तथा शुभेच्छुकहरूबाट स्वस्फूर्त रूपमा संकलन गरिएको आर्थिक सहयोगमार्फत सम्पन्न गरिएको जनाइएको छ।

यस किसिमको सामाजिक तथा मानवीय सेवामूलक अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने रास्वपा बिर्तामोड नगर सभापति दीपक दाहालले जानकारी दिनुभएको छ।

अभियान सफल बनाउन प्रवास थापा मगर, दीपक दाहाल, माधव झा, रमेश कुमार बनियाँ, टीकाराम उप्रेती, लक्ष्मी खरेल, दीपक नेपाल, राजन खत्री, जिशा तामाङ, रमेश पाठक, सञ्जय नेपाल, करण घिमिरे, लीलाराज प्रसाईँ र सृजन अधिकारीलगायतले सहयोग पुर्याउनुभएको थियो।

दसैँको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने यस अभियानले चाडपर्वका बेला आवश्यकतामा रहेका परिवारलाई राहत पुर्याउने उद्देश्य राखेको रास्वपाले जनाएको छ।