बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगरपालिका वडा नम्बर ३ र ४ को संयुक्त आयोजनामा विजयादशमीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व रास्वपा बिर्तामोड–३ का सभापति रमेश कुमार बानियाँले गर्नुभएको थियो भने सञ्चालन वडा नम्बर ४ का सभापति लक्ष्मीप्रसाद खरेलले गर्नुभएको थियो। कार्यक्रममा वडा नम्बर ४ का सचिव शिव थपलियाले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा रास्वपाका नगर तथा क्षेत्रीय तहका पदाधिकारी, सदस्य, सामाजिक व्यक्तित्व र जनप्रतिनिधिहरूले विजयादशमीको शुभकामना व्यक्त गर्नुभएको थियो।
शुभकामना मन्तव्य राख्नेहरूमा नगर सदस्य चन्द्र भट्टराई, शिक्षाप्रेमी तथा सामाजिक व्यक्तित्व शेरबहादुर बानियाँ, वडा नम्बर ५ का सभापति दिनेश भट्टराई, नगर सचिव श्रीजन अधिकारी,
नगर उपसभापति अनुप निरौला, नगर सभापति दीपक दाहाल, क्षेत्र नम्बर २ का संयोजक गोपाल कटवाल, क्षेत्र नम्बर ३ का संयोजक कमल बानियाँ र नगर सदस्य सावित्रा खनाल रहनुभएको थियो।
त्यसैगरी, रास्वपाका जिल्ला सहसचिव तथा संगठन विभाग प्रमुख भीम कुँवर, केन्द्रीय सदस्य कल्पना थापा बस्नेत र क्षेत्र नम्बर ४ का संघीय सांसद शम्भु सुस्केरा ढकालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमका प्रमुख वक्ता क्षेत्र नम्बर ३ का संघीय सांसद प्रकाश पाठकले विजयादशमीको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले चाडपर्वले आपसी सद्भाव, एकता र सामाजिक सहकार्यलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै शुभकामना आदानप्रदान गर्नुभएको थियो।