आइतवार, असार १५, २०८२
Sancharmanch

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारणसभा सम्पन्न

बिहिवार, कार्तिक २९, २०८१
बिर्तामोड, झापा / बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । विर्तामोड स्थित अतिथि सदनमा आयोजना गरिएको कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी अध्यक्ष देवी निरौला (वस्नेत) ले चार हजार पाँचसय २६ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी ६ करोड ६८ लाख १०० रूपैयाँ, निक्षेप २६ करोड ५५ लाख ९२ हजार २६१ रूपैयाँ ,लगानीमा रहेको ऋण २८ करोड ५१ लाख ९६ हजार ६०६ रूपैयाँ र वासलात ३७ करोड ६१ लाख ५२ हजार २४ रूपैयाँ रहेको बताउनुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक श्यामबहादुर निरौलाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष छबिरमण अधिकारी र ऋण उपसमितिको प्रतिवेदन ऋण उपसमितिका संयोजक प्रेमबहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि जिल्ला सहकारी संघ झापाका सदस्य केशव बस्नेत, नयाँ उज्यालो साकोसकी अध्यक्ष सुस्मा भण्डारी पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमकी प्रमुख अतिथि विर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईले कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीको पैसा समयमा तिर्न आग्रह गर्दै राज्यले बनाएको नीति नीयम निर्माण मात्र गर्दैन कार्यान्वयनको पक्ष मजबुत गरेको खण्डमा समस्यामा परिने बताउनुभयो । सोहि अवसरमा नगर प्रमुख प्रसाईले कर्जा लिएको पैसा सहकारीको नभएर आम बचतकर्ताले दुःखकासाथ बचत गरेको कुरा प्रष्ठ पर्नुभयो । १४ औं बार्षिक साधारणसभाकै अवसर पारेर सहकारीले उत्कृष्ट कर्मचारी कर्जा सहायक (केन्द्रीय कार्यालय) प्रकाश बराल, कार्यालय सहायक (धुलावारी शाखा) चन्द्रकला बुढाथोकी, उत्कृष्ट बचतकर्ता विजय शाह, बन्टी अग्रवाल, प्रकाश प्रधान, अम्बिकादेबी भण्डारी अधिकारी, उत्कृष्ट खुत्रुके बचतकर्ता दिब्यांसा मैनाली, सृजल अधिकारी, असल ऋणी भिमसागर पौडेल, फूलमाया दर्जी,श्याम प्रधान, भद्रादेबी सार्की, एसईईमा उत्कृष्ट अनुराग तिमल्सिना, सिमन यादवलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गदै राष्ट्रिय सहकारी बैंकका प्रबन्धक विवेक डाँगीले बजारमा जुन हल्लाहरु आएका छन् । विभिन्न समाचार माध्यमहरुमा आएका हल्ला भन्दा केहि माथि उठेर साना मझौला ब्यवसायी बचत तथा ऋण सहकारी संस्थाको अवस्था राम्रो रहेको बताउनुभयो । संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष देवीप्रसाद अधिकारीले स्वागत मन्तव्य राद्यनुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्रकुमार भट्टराई र सहसचिव प्रेमप्रसाद अधिकारीले गर्नुभएको थियो ।
सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२