आइतवार, असोज २५, २०८३
Sancharmanch

पुस २ देखि झापामा भण्डारी समाजको कुलपूजा, ४ गते कुलमन्दिर उद्घाटन र अधिवेशन

Posted by:
आइतवार, असोज २५, २०८३
झापा : वशिष्ठ गोत्रीय भण्डारी समाज जिल्ला कार्यसमिति झापाले आगामी पुस २, ३ र ४ गते कुलपूजा ‘देवाली’ आयोजना गर्ने भएको छ। समाजले पुस ४ गते वार्षिक साधारणसभा तथा जिल्ला अधिवेशन गर्नुका साथै नवनिर्मित कुलमन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा गर्ने तयारी गरेको छ। समाजको जिल्ला कार्यसमिति झापाको कार्यालय परिसरमा कुलपूजा, साधारणसभा तथा जिल्ला अधिवेशन र कुलमन्दिर उद्घाटन एवं प्राणप्रतिष्ठा गर्ने निर्णय भएको हो। दमक नगरपालिका–१० स्थित समाजको कार्यालय परिसरमा तीन दिनसम्म कुलपूजा सञ्चालन गरिनेछ। हरेक दिन बिहान ७ बजेदेखि पूजा सुरु हुने निर्णयमा उल्लेख छ। समाजले पुस ४ गते बिहान १० बजे नवनिर्मित कुलमन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा गर्ने र सोही दिन बिहान ११ बजेदेखि वार्षिक साधारणसभा तथा जिल्ला अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। वशिष्ठ गोत्रीय भण्डारी समुदायले परम्परादेखि गर्दै आएको कुलपूजालाई व्यवस्थित रूपमा निरन्तरता दिन तथा समाजको संस्थागत गतिविधिलाई अघि बढाउन कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ। तयारीका लागि विभिन्न समिति गठन कुलपूजा, मन्दिर उद्घाटन, प्राणप्रतिष्ठा तथा साधारणसभा र जिल्ला अधिवेशन व्यवस्थित बनाउन समाजले विभिन्न उपसमिति गठन गरेको छ। कुलपूजा तयारी समितिको संयोजकमा नारद भण्डारी चयन भएका छन्। समितिका सदस्यमा गंगाप्रसाद भण्डारी, पुष्पलाल भण्डारी, होमनाथ भण्डारी, लीलानाथ भण्डारी, विदुर भण्डारी र कृष्णकुमारी भण्डारी रहेका छन्। वार्षिक साधारणसभा तथा जिल्ला अधिवेशन तयारीको जिम्मेवारी जिल्ला कार्यसमितिलाई दिइएको छ। त्यस्तै, कुलमन्दिर उद्घाटन तथा प्राणप्रतिष्ठाको तयारीका लागि पनि छुट्टै समिति गठन गरिएको छ। प्रचारप्रसार समितिको संयोजकमा जयप्रकाश भण्डारी चयन भएका छन्। समितिमा सुरेन्द्र भण्डारी, हेमराज भण्डारी ‘भद्रपुर’, लीलानाथ भण्डारी ‘दमक’, घनेन्द्र भण्डारी ‘गौरीगञ्ज’, विष्णुलाल भण्डारी ‘कनकाई’ र रामचन्द्र भण्डारी ‘अर्जुनधारा’ सदस्य रहेका छन्। समितिले कार्यक्रमबारे समुदायका सदस्य तथा सरोकारवालालाई जानकारी गराउनेछ। आर्थिक तथा खरिद समितिको संयोजकमा बुद्धिनाथ भण्डारी चयन भएका छन्। समितिका सदस्यमा लीलानाथ भण्डारी, विदुर भण्डारी र डिल्लीराम भण्डारी रहेका छन्। त्यस्तै, चिया, पानी तथा भोजन तयारी समितिको संयोजकमा कृष्णकुमारी भण्डारी चयन भएकी छन्। समितिका सदस्यमा गोमा भण्डारी, इन्दिरा भण्डारी, गीता भण्डारी, भगिरथा भण्डारी, हिमा भण्डारी र शान्ता भण्डारी रहेका छन्। सरसामान व्यवस्थापन समितिको संयोजकमा भक्तिमाया भण्डारी चयन भएकी छन्। समितिका सदस्यमा पुष्पलाल भण्डारी र हिमाल भण्डारी रहेका छन्। स्वयंसेवक परिचालन, मञ्च तयारी तथा सरसफाइ व्यवस्थापन समितिको संयोजकमा दिनेश भण्डारी चयन भएका छन्। समितिमा पदम भण्डारी, प्रेम भण्डारी, नेत्रप्रसाद भण्डारी, धरणीधर भण्डारी, नारायणप्रसाद भण्डारी, राजेन्द्र भण्डारी, शान्तिराम भण्डारी, प्रकाश भण्डारी, मिना भण्डारी र समता भण्डारीलगायत सदस्य रहेका छन्। आयव्यय अनुमोदन पनि हुने समाजको बैठकमा कुलपूजा, वार्षिक साधारणसभा तथा जिल्ला अधिवेशन र कुलमन्दिर उद्घाटन एवं प्राणप्रतिष्ठासँगै आयव्यय अनुमोदन गर्ने विषयलाई पनि प्रस्तावका रूपमा समेटिएको छ। साधारणसभामा आर्थिक विवरण प्रस्तुत गरी अनुमोदन गर्ने तयारी छ। कार्यक्रममा समाजका सदस्य, सल्लाहकार तथा विभिन्न धार्मिक र सामाजिक संस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ। आमन्त्रितमध्ये भक्तिमाया भण्डारी, भोजराज भण्डारी, होमनाथ भण्डारी, पुष्पलाल भण्डारी, रोमनाथ भण्डारी, भूप्रसाद भण्डारी, भीमादेवी ‘गोमा’ भण्डारी, विदुर भण्डारी, पदम भण्डारी, सुरेन्द्र भण्डारी, सिंहदेवी देवस्थलका अध्यक्ष डिल्लीराम भण्डारी र प्रकाश भण्डारीलगायत छन्। समाजले कुलपूजालाई परम्परा र सामुदायिक एकताको निरन्तरताका रूपमा अघि बढाउँदै धार्मिक अनुष्ठानसँगै संस्थागत गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ। समाजको वैठक जिल्ला अध्यक्षम टिकाराम भण्डारीको अध्यक्षता तथा केन्द्रीय महासचिव जय भण्डारी, केन्द्रीय सदस्य सुरेन्द्र भण्डारी लगायतको आतिथ्यमा भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव प्रकाश भण्डारीले गरेका थिए ।
सम्बन्धित खबर