मङ्गलवार, फागुन ५, २०८२
Sancharmanch

झापा–२ मा कांग्रेसतर्फ १५५ जेन्जि युवाको प्रवेश, उद्धव थापा र सरिता प्रसाईद्वारा स्वागत

Posted by:
मङ्गलवार, फागुन ५, २०८२
झापा/ झापा क्षेत्र नं. २ अन्तर्गत विर्तामोड नगरपालिकामा १५५ जना जेन्जि उमेर समुहका युवाहरु एकसाथ नेपाली कांग्रेस पार्टि प्रवेश गरेकाछन् । नेपाली कांग्रेस कोशी प्रदेश सभापती उद्धव थापा र प्रतिनिधी सभाका उम्मेदवार सरिता प्रसाईले संयुक्तरुपमा मंगलवार एक भब्य समारोहकावीच टिका, खदासहित उनिहरुलाई स्वागत गर्नु भएको हो । देशलाई निकास दिन सक्ने पाटि नेपाली कांग्रेस मात्र एक्लो पाटि रहेको प्रतिनिधी सभाका उम्मेदवार सरिता प्रसाईले बताउनुभयो । नेपाली कांग्रेस बदलिएको अव देश बदल्ने अभियानमा सुदृढ ढंगले अगाडि वढेको भन्दै युवाहरुको जमात कांग्रेस तर्फ आकर्षित भएको देखिन्छ । नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशन पश्चात निर्वाचित सभापति गगन थापा र उप सभापति झापाकै विश्व प्रकाश शर्माको नेतृत्वमा कांग्रेसले नयाँ भर्जनकासाथ रुपान्तरित अभियान ‘टु प्वाइन्ट ओ’ वाट युवाहरुमा नयाँ आशा पलाएको बताइएको छ । फागुन २१ गतेको निर्वाचनमा मतको मुल्य बुझेर मात्र मतदान गर्न आम मतदाताहरुलाई आग्रह गर्दै नेपाली कांग्रेस कोशी प्रदेश सभापति साथै पूर्व मुख्य मन्त्री उद्धव थापाले प्रलोभनमा परेर होइन सहि नेतृत्व छान्न आग्रह गनुभयो । देशमा सुशासन कायम गर्न प्रतिबद्धतासहित कांग्रेस चुनावी मैदानमा उत्रिएको सन्दर्भमा युवा जमातको आकर्षण पार्टीप्रति बढ्नु फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा सकारात्मक संकेतका रूपमा हेरिएको छ । विश्लेषकहरूका अनुसार झापा–२ मा देखिएको युवा लहरले निर्वाचन परिणाममा प्रभाव पार्न सक्ने आकलन गरिएको छ । नेपाली कांग्रेस जेन्जिमय भएको नेपाली कांग्रेस पूर्व केन्द्रिय सदस्य शुशिला ढकालले बताउनुभयो । झापा क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फ वाट प्रत्यक्ष तर्फ सरिता प्रसाई, त्यसै गरी समानुपातिक तर्फ उमा शिवाकोटी र मनमाया विश्वकर्मा चुनावी मैदानमा रहनु भएको छ । समुदाय लेवलमा पार्टिप्रति एल्गोरिदमको कुप्रभावमा छरीएको भ्रम विस्तारै निस्तेज पार्ने अभियानमा सफल भएको देखिन्छ । तरुण युवाहरुको प्रवेशले नेपाली कांग्रेस अग्रस्थानमा पुगेको बताउँदै नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव कृष्ण हुमागाईले प्रचार प्रसारमा लाग्न सम्पूर्ण पार्टि पंतिलाई आग्रह गर्नुभयो । सरिता प्रसाई सितेरियो कराते खेलाडिका रुपमा अन्तराष्ट्रिय स्तरमा समेत परिचित हुनुहुन्छ । बिद्यार्थि साथै खेल क्षेत्रबाट सार्वजनिक जीवनमा प्रवेश गर्नुभएकी प्रसाईले अनुशासन, प्रतिबद्धता र नेतृत्व क्षमताका आधारमा विकासको स्पष्ट दृष्टिकोण अघि सार्दै आउनुभएको छ । पाँच महिना कृषि राज्यमन्त्री हुँदा नेपालका प्रायः सम्पूर्ण जिल्लाहरुको वस्तुस्थिति अध्ययन गरिसकेको अनुभवका आधारमा कृषि विकासका लागि दीर्घकालीन रोडम्याप बनाउन सक्ने नेतृत्वका रुपमा समेत उहाँलाई हेरिएको छ । नेपाली कांग्रेस नेपाली राजनितिको मियो आवश्यक रहेको बताउँदै समाज रुपान्तरणका लागि आफ्नो आधार हुनुपर्ने साथै बोलेर होइन काम गरेर देखाउनका लागि पनि झापा क्षेत्र नं. २ मा नेपाली कांग्रेस जित हुन जरुरी रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाका कोषध्यक्ष जलकुमार गुरुङले बताउनुभयो । कार्यक्रममा सहभागी युवाहरुले देश परिवर्तनका लागि सक्रिय राजनीति आवश्यक रहेको धारणा राख्दै नेपाली कांग्रेसमार्फत रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सरिता प्रसाई नेपाल विद्यार्थि संघको राजनिति वाट प्रवेश गरि अगाडि वढेको बताउँदै नेपाली कांग्रेस झापा क्षेत्र नं. २ का सभापति खगेन्द्र मैनालीले वेदाग नेतसत्वका रुपमा सरिता प्रसाई रहेको बताउनुभयो । उक्त कार्यक्रमले झापा–२ को राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ । कार्यक्रमकै वीच नेपाली कांग्रेसमा रहेर योगदान गर्नुहुँने पार्टिका योद्धाहरुलाई सम्मान समेत गरिएको थियो । रुवी सिटौलले स्वागत गर्नुभएको कार्यक्रममा उदय कुँवरको अध्यक्षता रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं. ८ का सभापति उत्तम कटुवालले सञ्चालन गर्नुभएको थियो ।
सम्बन्धित खबर