शनिवार, मंसिर ७, २०८२
Sancharmanch

नेस्ट डिजाईन ब्रान्डिङ स्टुडियो र क्रिएशन हाउसद्वारा अनारमनी प्रहरी चौकीमा लाइट बोर्ड

शुक्रवार, मंसिर ६, २०८२
विर्तामोड / नेस्ट डिजाईन ब्रान्डिङ स्टुडियो र क्रिएशन हाउसद्वारा अनारमनी प्रहरी चौकीमा लाइट बोर्ड हस्तान्तरण सामाजिक उत्तरदायित्व र समुदायप्रतिको योगदानलाई प्राथमिकता दिँदै नेस्ट डिजाईन ब्रान्डिङ स्टुडियो र क्रिएशन हाउसले संयुक्त रूपमा अनारमनी प्रहरी चौकीलाई लाइट बोर्ड हस्तान्तरण गरेका छन्। नेस्ट डिजाइन ब्रान्डिङ स्टुडियोका सञ्चालक एवं अनारमनी सोशल युथ क्लबका सदस्य रोशन खरेलका अनुसार, लाइट बोर्ड स्थापनाले प्रहरी चौकीको सूचना पहुँचलाई अझ सहज बनाउने, रात्री समयमा स्पष्ट पहिचान दिलाउने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमका दौरान नेस्ट डिजाइन ब्रान्डिङ स्टुडियो तथा क्रिएशन हाउसका सञ्चालक मिलन सङ्ग्रौलासहितको टोलीले समुदायको सुरक्षामा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि समाजमुखी सहयोग निरन्तरता रहिरहने प्रतिवद्धता व्यक्त गर्यो। यस कार्यक्रममा अनारमनी प्रहरी चौकीका तर्फबाट बजार झापाका असोजित शुसान्त पौडेल, अनारमनी सोशल युथ क्लबका उपाध्यक्ष प्रवास थापा मगर, क्लब सदस्य तथा मुखिया प्रोडक्सन हाउसका सौरभ मुखिया, साथै क्लबका अन्य सक्रिय सदस्यहरूको उपस्थिति रहेको थियो। यस सहयोगप्रति आभार व्यक्त गर्दै प्रहरी चौकीका प्रतिनिधिहरूले लाइट बोर्डले जनसाधारणले प्रहरी सेवा सहजै पहिचान गर्न मद्दत गर्ने बताउँदै नेस्ट डिजाइन ब्रान्डिङ स्टुडियो र क्रिएशन हाउसको पहललाई सराहना गरेका छन्।
सम्बन्धित खबर