बुधवार, भदौ १८, २०८२
Sancharmanch

वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिविदेन तयारीकालागि, मेचि आँखा अस्पतालले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गर्यो

बिहिवार, भदौ १२, २०८२
झापा/ झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको मेचि आँखा अस्पतालले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेकोछ । वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिविदेन तयारीकालागि बिहिबार अस्पतालको सभाहलमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै विर्तामोड नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत सागर मिश्रले अस्पतालका भौतिक संरचनाको बनोट बाहेकका विषयमा नगरपालिकाले चासो नदिने बताउनुभयो । कार्यक्रमको स्वागत सहित औचित्माथि प्रकाश पार्दै अस्पतालका मेडिकल डाइरेक्टर डा.पुरुषोत्तम जोशीले बार्षिक २ लाख भन्दा बढि बिरामीको उपचार गर्ने गरेको बताउनुभयो । परियोजनाको बारेमा विस्तृत कार्ययोजना र अध्ययनका पक्षहरुका विषयमा परियोजना बिज्ञ इन्जिनियर विजय के.सी.ले प्रष्ठ पार्नुभएको थियो । सोहि क्रममा इन्जिनियर केशीले अध्ययन दुई चरणमा गर्ने साथै अध्ययनमा समेट्नुपर्ने विषयबस्तुमाथि ऐन नियमले समेटे अनुसार काम गर्ने गरेको बताउनुभयो । मेचि आँखा अस्पतालकै भरमा परिपरिका होटलहरुको ब्यवसाय समेत फस्टाएको बताउँदै होटल ब्यवसायि संघका प्रतिनिधि राजन प्रसाईले बताउनुभयो । कार्यक्रममा राय सुझाब संकलन तथा छलफल गरिनुका साथै राय सुझाबको प्रस्तुति तथा प्रमाणीकरण गरिएको थियो । हस्पिटलका विभिद पक्षहरुको सुधारका गर्दै विभिन्न निकायहरुसँगको सहकार्यमा काम गर्ने सन्दर्भमा धेरै संघर्ष गर्नु परेको मेचि आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो । वि.स. २०५३ सालमा स्थापना भएको मेचि अस्पतालमा नेपालका विभिन्न जिल्ला सहित भारतको आसाम, सिक्किम, दार्जिलिङ, र बिहारसहित बाट दैनिक उपचारकालागि बिरामी आउने गरेका छन् । अस्पतालका हरेक पक्षहरु राम्रा रहेको विर्तामोड नगरपालिका वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकीले बताउनुभयो । अध्यक्ष जलकुमार गुरुङको नेतृत्वमा अस्पताल सञ्चालनको सुरुआत बाट बिरामी सहित आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र वातावरणलाई जोगाउन अहिले आँखा अस्पताललाई हराभरा बनाइएको छ । साथै आकर्षक र कलात्मक तबरले बगैंचा , बोट बिरुवा सहित सजावटका सामग्रीहरुको समेत ब्यवस्थापन गरिएको छ । सुरक्षाका लागि अस्पताल परिसरमा राखिएका सिसि क्यामेराको क्षमता सुधार गर्न प्रहरी चेकपोष्ट विर्ताबजारका प्रमुख पदमबहादुर विष्टले बताउनुभयो । अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख आतिथिको रुपमा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर मिश्रको आतिथ्यता रहेको थियो भने अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका संस्थापक, होटल व्यवसायीका प्रतिनिधि, प्रहरी प्रशासनका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर