आइतवार, फागुन १०, २०८२
Sancharmanch

प्रेस सेन्टर नेपाल झापाको पदहस्तान्तरण तथा सुखानी सन्देश साप्ताहिक पत्रिकाको विशेषांक विमोचन सम्पन्न

Posted by:
मङ्गलवार, फागुन २०, २०८१
झापा/ प्रेस सेन्टर नेपाल झापाको पदहस्तान्तरण तथा सुखानी सन्देश साप्ताहिक पत्रिकाको विशेषांक विमोचन गरिएको छ । सेन्टरले मंगलबार बिर्तामोडमा एक समारोहका बिच केही समय अघि पुष्प खड्काको नेतृत्वमा चयन भएको समितिलाई पद हस्तान्तरण गरिएको छ । साथै सोहि अवसरमा सञ्चारकर्मी राजु पाठकले प्रकाशन गरेको सुखानी सन्देशको दोस्रो विशेषांक विमोचन गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि साथै प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटाले नेपालको युगान्तकारी परिवर्तनमा सुखानीको छुट्टै विषेसता रहेको बताउनुभयो । कार्यक्रममा सेन्टरका निवर्तमान अध्यक्ष राजु पाठकले अध्यक्ष खड्कालाई माइन्यूट प्रदान गर्दै पदहस्तान्तरण गर्नुभएको थियो । सेन्टरका झापा अध्यक्ष पुष्प खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रेस सेन्टर नेपालले अन्य पत्रकार जन्य संगठनहरु वीच एकता बद्ध भएर ब्यवसायीक साथै मर्यादित पत्रकारीताको विकास गर्नु पर्नेमा जोड दिनुभयो । झापाका अग्रज पत्रकार राजु पाठकको नेतृत्व रहेको सुखानी शन्देश पत्रिका साप्ताहिक रुपमा प्रकाशन हुने गरेको छ । कार्यक्रममा सुखानी सन्देशको दोस्रो विशेषांक चर्चापरिचर्चा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले गर्नु भएको थियो । स्थानिय तहहरुले आफ्ना सूचना तथा गतिविधिहरु राजधानी केन्द्रित सञ्चार माध्यममा मात्र प्रकासन प्रसारण गर्दै स्थानिय स्तरमा कृयाशिल सञ्चार माध्यमहरुलाई सौतेलो ब्यवहार गर्ने गरेको उपाध्यक्ष भण्डारीले बताउनुभयो । सुखानी सन्देशको प्रकाशनका बारेमा सुखानी सन्देश विशेषांकका सम्पादक चुडामणि वशिष्ठले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्दं्र) का झापा इन्चार्ज रन्जित तामाङ, कोशी प्रदेश पूर्व कृषि मन्त्री झलकसिंह दर्लामी (सन्देश), पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (बिजय), सेन्टरका केन्द्रिय उपाध्यक्ष विवेक गौतम, सेन्टरको कोशी प्रदेश अध्यक्ष राजन समिप, सुखानी सामुदायिक बन समुहका उपाध्यक्ष विपिनकुमार चौहान, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, प्रेस युनयन झापा अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमलगायतले शुभकामना मन्तब्य राखु भएको थियो । प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमलाई प्रेस सेन्टर झापा उपाध्यक्ष सन्तोष शर्माले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव प्रकाश उप्रेतीले गर्नुभएको थियो । क्यामेरामा प्रतिक अर्यालकासाथमा स्वस्तिका आचार्य झापा ।
सम्बन्धित खबर