बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड उद्योग बाणिज्य संघले आयोजना गर्यो ‘मेयरसँग ब्यवसायी’ कार्यक्रम, ब्यवसायीले के के राखे माग ?

आइतवार, असार १६, २०८१
झापा/ बिर्तामोड उद्योग बाणिज्य संघले ब्यवसायीहरुको पक्षमा रहेर स्थानिय सरकारसँग सहकार्य गर्ने लक्ष अनुसार ‘मेयरसँग ब्यवसायी’ कार्यक्रमको आयोजना गरेको छ । देश विकासका लागि आन्तिरिक श्रोत बलियो बनाउँन पहिलो भूमिका निर्वाह गर्ने उद्योगी ब्यवसायीहरु र स्थानिय सरका विच सम्बन्ध सुमधुर बनाउन कार्यक्रमको आयोजना गरिएको हो । बिर्तामोडका अधिकांश ब्यवसायीहरुले स्थानीय सरकारले कारोवारमा नगरपालिकाले लगाएको करका कारण मन्दिको मार खेपीरहेका ब्यवसायीहरुलाई समस्या भएको हुँदा यसलाई हेरफेर गरिनु पर्ने माग राखेका छन् । नेपाल अलैँची ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले कृषि जन्य बस्तुमा संघीय सरकारले छुट दिएपनि स्थानीय सरकारले कृषि जन्य बस्तु निर्यातमा कर लिएको र त्यसलाई हेरफेर गरिनुपर्ने माग गर्नुभयो । बिर्तामोड उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रमले विर्तामोड नगरपालिकालाई आगामी दिनमा नगरको विकास र संमृद्धिका लागि आन्तरिक आय बृद्धि गराउन सहयोग पुग्ने देखिएको छ । महिला उद्यमी पार्वता खरेल विमलीले बिर्तामोडलाई प्लाष्टिक मुक्त बनाइनु पर्ने र महिला व्यवसायीलाई स्थानीय सरकारले उद्यमशीलतामा जोड्दै लानु पर्ने बताउनुभयो । अग्रसेन भवन बिर्तामोडका अध्यक्ष मोहन मित्तलले निकासी करको मारमा ब्यवसायीहरु रहेको उल्लेख गर्दै कुचो ब्यवसायीहरुलाई बैज्ञानिक कर प्रणली लागु गर्न नगरपालिका लचिलो बन्नु पर्ने र सबै ब्यवसायीलाई करको दायरमा ल्याउन नगर प्रमुख समक्ष आग्रह गर्नुभयो । बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार थापाले नगरपालिकाले करको दर बढाएका कारण विर्तामोडमा ब्यवसाय गर्ने ब्यवसायीहरुले छिमेकी नगरपालिकामा स्थानान्तरण गरेको बताउँदै विर्तामोडका ब्यवसायीहरुलाई यहि अड्याउन करको दरमा हेरफेर गरिनु पर्ने बताउनु भयो । विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले संघको तर्फबाट गर्नुपर्ने सहयोग गर्न विर्तामोड उद्योग बाणिज्य संघ विर्तामोड नगरपालिकालाई आन्तरिक आय बृद्धि गर्न तत्पर रहेको बताउँदै सहयोगका लागि प्रतिवद्ध रहको बताउनुभयो । हाल ब्यवसायीलाई तिराउँदै आइएको घरबहाल कर ब्यवसायीले होइन घरधनीले तिर्नु पर्ने ब्यवस्था कडाइकासाथ लागु गर्न नगरपालिकालाई आग्रह गर्दै घरबहाल कर घरधनिले तिरे भनेर भाडा बढाएमा ब्यवसायीलाइ संघमा आएर निवेदन दिन समेत अध्यक्ष न्यौपानेले आग्रह गर्नुभयो । कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले बिर्तामोड उद्योग बाणिज्य संघले ब्यवसायीका समस्या समाधानका लागि कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै ब्यवसायीहरुले उठाएका सवालहरुको जवाफ दिनुभएको थियो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता रहेको थियो । अध्यक्ष न्यौपाने द्वारा कार्यक्रमको औचित्यमाथि प्रकाश पारिएको कार्यक्रममा, वलराम कार्की, व्यवसायी गणेश पौडेललगायतले नगर प्रमुख समक्ष सुझाव प्रस्तुत गर्नु भएको थियो । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत गर्नु भएको कार्यक्रम महासचिव कुशल खतिवडाले सञ्चालन साथै सहजिकरण गर्नु भएको थियो । स्थानिय सरकार र ब्यवसायी विचमा पुलको काम गर्दै बिर्तामोड उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रम देशकै नमुना भएको छ । करको विषयमा उद्योग बाणिज्य संघ र स्थानिय सरकार विच बिगतमा हुने गरेको तिक्तता नदोहोर्योस र नगरपालिकाले ब्यवसायीहरुको पीर मार्का बुझेर समयानुकुल करको हेरफेर गर्दै आन्तरिक आय बृद्धि गराउन मेयससँग ब्यवसायी कार्यक्रम कोषे ढुङ्गा सावित हुने देखिएको छ ।
सम्बन्धित खबर