शुक्रवार, मंसिर २८, २०८१
Sancharmanch

निर्माणधिन बुट्टाबारी-प्याकुरेल चोक सडक खण्डको अनुगमन

शनिवार, मंसिर १, २०८१
बिर्तामोड, ३० कात्तिक : निर्माणधिन बुट्टाबारी-प्याकुरेल चोक सडक खण्डको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अनुगमन गर्नु भएको छ । वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, शहरी विकास मन्त्रालय (NUGIP)का प्रतिनिधि र नगरपालिकाका ईन्जिनियर सहितको टोलीले आज अनुगमन गरेको हो । विश्व बैंकको ५८ करोड ५४ लाख ३१ हजार दुई सय चौध रुपैयाँ लगानीमा ६.२५ किलोमिटर सडक स्तरोन्नतीको काम धमाधम भईरहेको छ । सडकको हालसम्म ३९ प्रतिशत भौतिक प्रगति भएको जनाईएको छ । निर्माण व्यवसायी मनोज उप्रेतीले समयमै काम सम्पन्न गर्ने गरी धमाधम काम भईरहेको बताउनु भयो । आरपी साप समता जेभीले निर्माणको काम गरीरहेको छ ।
सम्बन्धित खबर