बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोशीका मुख्यमन्त्री कार्की द्वारा शिवसताक्षीमा वडा कार्यालय उध्घाटनसाँगै जग्गादातालाई सम्मान

शुक्रवार, वैशाख २१, २०८१
झापा/ कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की द्वारा झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ को वडा कार्यालय भवन विधिवत रुपमा उध्घाटन भएको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरेर भवन उध्घाटनसँगै जग्गादाताको फोटो सहितको सिलालेख अनावरणसँगै दातालाई सम्मान गरिएको हो । मुख्य मन्त्री कार्कीले नगर उप प्रमुख नरमायाँ कर्की, वडा अध्यक्ष मनोज खुलाल कार्की लगायत अन्य वडाका अध्यक्षहरु सहित वडा कार्यालय उध्घाटन गर्नु पूर्व वडा भित्रै निर्माणधिन अवस्थामा रहेको नगर अस्पतालको स्थलगत निरिक्षण गर्नु भएको थियो । सोहि अवसरमा मुख्यमन्त्री कार्कीले वडा नं. ६ मा अर्को निर्माणधिन महत्वपूर्ण योजना कृषिथोक बजारको समेत अवलोकन गर्नु भएको थियो । कार्यक्रम स्थलमा मन्त्री पुग्दा सयौँको संख्यामा उपस्थित स्थानिय नागरिकहरुले भब्य स्वागत गरेका थिए । शिवसताक्षी नगरपालिका नगर उप प्रमुख नरमाया कार्कीले नगरमा विभिन्न समस्याहर रहेका कारण समस्या समाधानमा प्रदेस सरकारलाई सहयोगका लागि अनुरोध गर्नु भयो । कार्यक्रममा स्थानिय नमुना बिद्यालयका स्काउटमा सहभागि विद्यार्थीहरुले मार्चपास सहित नृत्य गरेर मुख्य मन्त्री कार्कीलाई स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य मन्त्री कार्कीले निम्न बर्गका भुमिहिन नागरिकहरुलाई राज्यले विभेद गरेको बताउँदै कोशी प्रदेशले चाँडै कानुन बनाएरै सम्बोधन गर्ने समेत बताउनुभएको छ । सोहि अवसरमा उहाँले भन्नु भयो नेताहरुलाई सुकुम्बासीको भोट चल्ने तर राज्यको सेवा उपभोग गर्न चाहि जग्गाधीपुर्जानै चाहिने ब्यवस्थाको अन्त्यको लागि कानुनी लडाइमा आफु रहेको छु । कार्यक्रमकै अवसरमा मुख्यमन्त्री कार्की द्वारा शिवसताक्षी नगरपालिका वडा नं. ६ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्नुहुने दानबिर मनहरु सुरज राजवंशी, दुर्गा प्रसाद गुरागाई, चन्द्रमणी पौडेल, देउनारायण भण्डारी लाई सम्मानपत्र दोसल्ला सहित सम्मान गरिएको थियो ।   कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै वडा अध्यक्ष मनोज खुलाल कार्कीले मन्त्री समक्ष वडामा अधुरा रहेका योजनाहरु प्रस्तुत गर्दै डिपिआर सहितका विभिन्न योजनाका फाइलहरु हस्तान्तरण समेत गर्नु भएको थियो । जग्गाको क्षयिकरण भइरहेको सन्दर्भमा मुल्य समेत बढिरहेको बताउँदै विकास निर्माण लगायतका कारण पनि जग्गा प्राप्त गर्न कठिन रहेको अवस्थामा पनि जग्गा दातालाई नेपाली कांग्रेस झापा जिल्ला सभापती देउकुमार थेवेले धन्यवाद दिदै वडाका अधुरा काम सम्पन्न गर्नका लागि प्रदेशको ध्यान जाने कुरमा बिश्वास ब्यक्त गर्नु भयो । शिवसताक्षी नगरपालिका वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षता रहेको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की प्रमुख अतिथि रहनु भएको थियो । विषिष्ठ शिवसताक्षी नगरपालिका उप–प्रमुख नरमायाँ कार्की, नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापती देउकुमार थेवे, वडाका जनप्रतिनिधिहरु, विभिन्न वडाका अध्यक्षहरु, जग्गा दाताहरु, वडाका कर्मचारी लगायत स्थानिय नागरिकहरुको उल्ल्ेखनिय उपस्थिति रहेको थियो । वडा सदस्य तथा कार्यपालिका सदस्य गोमा रिजालले स्वागत गर्नु भएको कार्यक्रम वडा सचिव विमल बाँस्कोटाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर