बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

शिपमूलक तालिमबाट महिलाहरुलाई उद्यमी बनाउँदै झापाको शिवसताक्षी नगरपालिका ।

सोमवार, वैशाख १०, २०८१
झापा/ शिवसताक्षी नगरपालिकाको लगानीगोपाल गौरी दिगो बिकास प्रतिष्ठानको प्राविधिक सहयोगमा २ महिने सिलाईकटाई तालिम समापन भएको छ । महिला तथा बालबालिका शाखाको एक लाख ७० हजारको लगानि बाट सञ्चालन भएको तालिममा शिवसताक्षी नगरपालिका वडा नं. ४ का ३५ जना महिलाले सहभागिता जनाएका थिए । महिला तथा बालवालिका शाखाले आयोजना गरेको तालिममा १५ जनाका लागि मात्र कार्यक्रम बिनियोजन भए पनि ३५ जनाले सहभागिता जनाएको सहभागि अलका राई बजगाईले बताउनुभयो । गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले २ महिना सम्म सञ्चालन गरेको बेसिक सिलाई कटाई तालिमका लागि बजेटको सिमितता रहे पनि गुणस्तरिय शिप प्राप्त गरेकोमा तालिममा सहभागि कोपिला नेपालले खुसी ब्यक्त गर्नुभयो । २०८० फागुन ११ गते देखि सञ्चालनमा आएको सिलाई कटाई तालिममा आवश्यक कच्चा पदार्थ र मेसिन गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले उपलब्ध गराएको थियो । तालिममा सहभागिहरुले अत्यन्तै मिहेनतकासाथ सहभागिता जनाएको वताउँदै मिहेनतको फल सहभागिहरुले प्राप्त गरेको वडा सदस्य सुमनलाल शाहले बताउनु भयो । वडाले सञ्चालन गरेको २ महिने तालिम बाट उत्पादन भएका सामग्री वडामै हस्तान्तरण गरिएको छ । तालिममा मेसिन सम्म चलाउन नजान्नेलाई पनि मेसिन चलाउन सिकाएर ड्राफ्ट अनुसारको कपडा सिलाउन सक्ने बनाईको छ । ३५ जना सहभागि मध्ये २८ जना बुहारी रहेको वताउदै तालिमको निगरानिमा आफु आउँदा सहभागिले अनुसासित भएर शिप सिकेको वडा अध्यक्ष पुष्णु प्रसाद प्रसाईले बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले २ महिनासम्म सञ्चालन गरेको तालिम बाट मुनाफा आर्जन नगरेको बताईएको छ । सिलाई कटाई तालिम सञ्चालनका लागि वडाका जनप्रतिनिधीहरुको चासो र ब्यवस्थापनको उच्च मुल्याङ्कन गर्दै नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन) ले तालिम उपलब्धी मुलक भएको बिश्वास ब्यक्त गर्नुभयो । नगर प्रमुख थोप्राले तालिमलाई थप ब्यवस्थित गर्दै एड्भान्स कोर्षका लागि आफुले पहल गर्ने बताउँदै तालिम बाट सिकेको सिपलाई जिवनमा लागु गर्न सहभागिहरुलाई आग्रह गर्नु भयो । तालिममा सहभागिहरुलाई थप सिपका लागि गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले झापा शाखामा रहेको तालिम केन्द्रमा आएर सिक्नका लागि निशुल्क ब्यवस्थापन गर्ने प्रतिष्ठानले जनाएको छ । समय ब्यवस्थापन गरेर प्रतिष्ठानको कार्यालय सम्म आउन सक्ने प्रशिक्षर्थीहरुले सामान ब्यवस्थापन गरेर उपस्थित भएको खण्डमा मेसिन र प्रशिक्षक निशुल्क उपलब्ध गराउने बताइएको छ । २ महिना सम्म सञ्चालन भएको सिलाई कटाई तालिममा शिवसताक्षी नगरपालिका वडा नं. ४ कै स्थानिय देव कुमारी ताजपुरीया र राधाकुमारी राजबंशीले प्रशिक्षण गर्नु भएको थियो । शिव सताक्षी नगरपालिका वडा नं. ४ का अध्यक्ष विष्णु प्रसाद प्रसाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन)को प्रमुख आतिथ्यता रहेको थियो । संस्थाकी झापा जिल्ला उपाध्यक्ष भगवती गुरागाईले स्वागत गर्नु भएको कार्यक्रम संस्थाकी शाखा सचिव चन्द्रकला सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर