बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयले बसन्त उत्सव आयोजना गर्ने

शनिवार, फागुन २६, २०८०
झापाको मेचीनगर नगरपालिका वडा नं. १० धुलाबारीमा रहेको इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयले बसन्त उत्सव आयोजना गर्ने भएको छ । विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरगत विभिन्न २२ वटा विधाहरुबाट विद्यार्थीहरुले सिकेको कला प्रर्दशन साथै नेपाली संस्कार संस्कृतिको स्मरण गराउने उदेश्य अनुरुप यहि फागुन २६ र २७ गते विद्यालयमा एक बृहत कार्यक्रमको आयोजना गरेर बसन्त उत्सव मनाउने जनाएकोे छ । बिद्यालयका आर्ट कोअर्डिनेटर जितेन शेर्पाले बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थिहरुलाई अतिरिक्त कृयाकलापमा सहभागि हुँदै ब्यवहारीक शिक्षा प्रदान गर्दै सामग्री उत्पादन देखि बजारीकरणका शिपहरु प्रदान गर्नका लागि बिद्यालयले सिकाउने गरेको बताउनुभयो । ‘हाम्रो सांस्कृतिक सिद्धानतहरुको पुनरावलोकन’ भन्ने मुल नााराका साथ बसन्त उत्सव मनाउन लागेको बिद्यालयले जनाएको छ । किताबी ज्ञान मात्र नभएर ब्यवहारिक ज्ञानलाई विद्यार्थीहरुमा जागृत गर्न महोत्सवको आायोजना गरिने भएको बिद्यालयले जानकारी दिएको छ । बसन्त उत्सव कार्यक्रम अन्तरगत सिलाई बुनाई, लाइभ पेन्टिङ, कुलिनरी आर्टस, फोटो ग्राफि, लाइभ म्युजिक एण्ड डान्स, ड्रामा, गार्डेनिङ, इलेक्ट्रिक क्लब, पम्बिङ, दुना तथा टपरा, ब्युटियसन, कराँते, बायस्कोप लगायतका २२ वटा विद्याहरुमा विद्यार्थीहरुद्वारा प्रर्दशनी हुने बताइएको छ । बुक लेस शिक्षालाई प्राथमिकिकरण गरेर अगाडि वढेको इष्ट होराइजनले बच्चाहरुले आफुले पढ्ने किताव आफैँ तयार गर्ने र शिक्षण शिकाई कृयाकलापलाई प्रभावकारी बनाउन लागि परेको विद्यालयका प्राइमरी इन्चार्ज विकास ग्वालले जानकारी दिनुभयो । विद्यालय स्तरबाटै सरल, सहज र मितब्ययि ढंग बाट उद्यमशिल, ब्यवहारिक र सिपमुलक बनाउने उध्येश्य अनुरुप नयाँ पुस्ताहरुले बिर्सन लागेका पुराना हाट, बजार र परम्परागत संस्कृतिसँग परिचित गराउँदै बिद्यार्थिहरुलाई सहभागितात्मक सिकाई र कार्य अनुरुपको शिक्षा प्रदानमा बिद्यालयले भुमिका ससक्त पारेको प्रधानाध्यापक सञ्जिव राईले बताउनुभयो । उत्सवको आयोजनाका लागि सम्पूर्ण ब्यवस्थापन बिद्यार्थीको रहने साथै आर्थिक सहयोग र सपोर्ट मात्र बिद्यालयको रहने पनि जानकारी दिनुभयो । उत्सवबाट भएको आम्दानी विद्यार्थीहरु आफैंले सदुपयोग गर्न पाउने पनि प्रधानाध्यापक राईले बताउनुभयो । इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयले स्थापना कलादेखि नै विद्यार्थीहरुलाई विभिन्न विधाहरुमा सकृय गराउँदै कला साथै अन्तरनिहित प्रतिभा प्रस्तुत गर्ने वातावरण सिर्जना गर्दै आएको छ । विद्यार्थीले राखेका स्टलहरुको प्रत्यक्ष अवलोकन र अध्ययन अभिभावक र सरोकारवालाले गर्ने बताइएको छ । हरेक वर्ष विभिन्न सामाजिक जिवनसँग बालबालिकालाई जेड्न र अभिभावक प्रति बिद्यार्थिको भुमिकाका बारेमा बुझाउन कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । प्राविधिकधारका क्षेत्रमा समेत झापाका अन्य विद्यालयको तुलनामा अब्बल रहेको इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयले नेपालमै पहिलो पटक ब्याक पाइपर मार्फत पनि आफ्नो पहिचान स्थापित गरिसकेको छ । बिद्यार्थिहरुलाई किताबी ज्ञान मात्र हैन ब्यवहारीक ज्ञान दिनुपर्छ र कुशल संस्कारयुक्त बिद्यार्थि उत्पादन गर्नु पर्छ भन्ने सोचकासाथ बिद्यालयले शैक्षिक क्षेत्रमा गरेको योगदान जतिनै प्रशंसा गरेपनि कमै देखिन्छ ।
सम्बन्धित खबर