बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मुख्यमन्त्री कार्कीद्वारा कोशीमा अनुसाशित चालक, सुरक्षित सडक अभियान सुरु

शुक्रवार, माघ ५, २०८०
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशीमा अनुसाशित चालक, सुरक्षित सडक अभियान शुक्रवार सुरु गर्नुभएको छ । प्रदेश सरकारले मोरङ र झापाबाट ’अनुसाशीत चालक, सुरक्षित सडक’ अभियानको शुरूवात गरेको हो । मुख्यमन्तत्री कार्कीले विराटनगरस्थित रानी र नेमुवामा कार्यक्रम आयोजना गरी उक्त अभियान सुरू गर्नुभएको छ । कोशी प्रदेशभरिका सवारी चालकहरुको लागुऔषध तथा मादक पदार्थ सेवनका साथै आखा जाँच अभियान सुरु गरिएको हो । ‘यो अभियानले नागरिकको जीवन बचाउ अभियानका रुपमा सुरु गरेका छौं,’ उहाँले भन्नुभयो, ‘बिना कारण सवारी दुर्घटनाबाट प्रदेशमा धेरैले अकालमा ज्यान गुमाईरहनुका साथै घाइतेको तथाङ्क पनि बढिरहेकाले सरकार गम्भीर भएर यो अभियान सुरू गरेको हो ।’ मुख्यमन्त्री कार्कीले सडकमा यात्रा गर्दा अनुसाशित भएर नियमको पालना गर्न प्रदेशवासीलाई आग्रह गर्नु भएको छ । ’हामीले अस्पताल गएर उपचार गराउने भन्दा पनि अस्पताल नै जाने अवस्था कसरी अन्त्य गर्नु भन्ने तर्फ जानू पर्दछ,’ उहाँले भन्नुभयोे ’लापसे र मापसेले ज्यान गुम्छ त्यसैले यसको नियन्त्रणका लागि हामीले नागरिकको ज्यान जोगाउने अभियान सुरु गरेका हौं ।’ लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेको नगरेको जाँच गर्ने कीट हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले चेक जाँच कार्य नियमित गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिनुभएको छ । ‘कानुन दण्ड गर्ने माध्यम मात्रै होइन, यो अनुसाशन सिकाउने माध्यम पनि हो,’ उहाँले भन्नुभयो, ’हामीले कानुनलाई दण्डको रुपमा मात्र लिनु हुन्न, यसको पालना गर्न सकिएमा समाज सभ्य बन्छ ।’ नियममा बस्न सकिएनौं भने सरकारले कानूनी कारवाही गरेर नियम पालन गराउने मुख्यमन्त्री कार्कीले बताउनु भएको छ । लापसे मापसे गरेर सवारी चलाउँदा दुर्घटना मात्रै नभई स्वास्थ्यमा समेत गम्भीर समस्या उत्पन्न हुने भएकाले त्यसको सेवन रोक्नुको विकल्प नभएको मुख्यमन्त्री कार्कीले बताउनु भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सडक, चालकका साथै नागरिकको सुरक्षाका लागि प्रदेशभरि सडक सुरक्षा अभियान सुरु गरेको उक्त मन्त्रालयका मन्त्री समशेर राईले बताउनु भएको छ । कोशी प्रदेशमा दैनिक औसत ८ वटा दुर्घटनाको घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । जसमा सरदर एक जनाले ज्यान गुमाउनुका साथै २ जना गम्भीर घाइते र १० जना सामान्य घाइते हुने गरेको ट्राफिक प्रहरीले जनाएको हो ।
सम्बन्धित खबर