बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राष्ट्रपति पौडेललाई मुख्यमन्त्रीकार्कीको आग्रह ः प्रदेश सरकारलाई काम गर्न दिन संविधानकार्यान्वयनहोस् ‘केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण नगरे समन्वय र संघर्ष गर्छाै’

आइतवार, पौष ८, २०८०
विराटनगर । कोशीका मुख्य मन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनकालागि चासो राखीदिन आग्रह गर्नुभएको छ । नेपाल उद्योग परी संघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेललाई अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिए संसद र सरकारबाट अधिकार प्राप्तिकालागि समन्वय र संघर्ष गर्ने बताउनु भएको हो । उनले उद्योगीव्यवसायीलाई छुट्टै रूपमा हेर्ने प्रवृतिमा परिवर्तन ल्याएमात्रै उद्योगीव्यवसायीको संरक्षण, अर्थतन्त्रमा योगदान र देश समृद्ध हुने बताउनु भएको छ । उहाँले उद्योगीव्वसायी छुट्टै नभई राज्यको नै अंगभएको स्विकारेर त्यहीअनुसार राज्यले व्यवहार गर्नु अपरिहार्य रहेको बताउनु भएको हो । ‘उद्योग, व्यवसाय क्षेत्रको संरक्षण र देशको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गरेर मानवीय विकासमा प्रदेश सरकार लागि सकेको छ । उहाँले भन्नुभयो, नेपाली जनताको आवश्यक्ता र अपरिहार्यता राष्ट्रपति ज्यूले बुझ्नु भएको छ । त्यसैले जनताको रगतले लेखिएको संविधानको सफल कार्यान्वयन माचासो राखिदिनु होस् ।’ राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन नदिनुका साथै आफूलाई तागत रहुञ्जेल संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने बताएका छन् । उनले संविधानको रक्षा र सफल कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने बताउनु भएको छ । ‘कोशीप्रदेश उद्यनेग व्यवसायको धरोहर भएकोले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उद्योगी व्यवसायीको भूमिका अपरिहार्य रहेको छ । उहाँले भन्नुभयो, देशको उत्पादन निर्यात र आयात प्रतिस्थापन गर्न सकेका छैनौं, यस्तो अवस्थामा विदेशी मुद्राको संचिति मजबुत हुनु आवश्यक छ ।’ मुलुकमा सम्मानजनक रोजगारी नहुँदा र यहाँँका युवा शक्ति विदेश पलायन भइरहेको प्रति राष्ट्रपति पौडेलले चिन्ताव्यक्त गर्नु भएको छ । ‘वन, खनिज र कृषिमा आधारित उद्योगको स्थापना गरि रोजगारी सृजना गरौं । यसको नेतृत्व उद्योगी व्यवसनयीले नै लिनुपर्छ । उहाँले भन्नु भयो, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गरि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा हामी सबै देशवासी जुटौं ।’मुलुकमा उद्यनेग, व्यवसाय मैत्री नीति आवश्यक रहेको उहाँको भनाइ थियो । ‘सूचना प्रविधि नीतिलाई सहज गरिदिने हो भने व्यापार घाटामा महत्वपूर्ण योगदान हुन्छ । उहाँले भने, जलवायू परिवर्तनले निम्तियाइ रहेको जटिल परिस्थिति प्रति हामीले सचेत भएर महत्वपूर्ण रूपमाकाम गर्नुपर्छ ।’कोशी प्रदेशमा रहेका हलेसी, बराहक्षेत्र, पाथिभारा लगायतका धार्मिक तथा आकर्षक पर्यटकीय क्षेत्रको विकास गरेर अर्थतन्त्रमा योगदान पुर्याउन आवश्यक रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । स्वतन्त्रता सेनानीलाई गरेको सम्मान लोकतन्त्रको सम्मान भएको उहाँको भनाइथियो । विराटनगरका उद्योगी, व्यवसायी लगायतले राष्ट्रपति पौडेललाई अभिनन्दन समेत गरेका हुन् । कार्यक्रममा राष्ट्रपति पौडेलले २१ जना स्वतन्त्रता सेनानी, सब भन्दा बढी निर्यात गर्ने उद्योगी र विराटनगरका पत्रकारद्वय अनन्त न्यौपाने र शंकर खरेललाई दोसल्ला ओढाएर कदरपत्र द्वारा सम्मानित गरिएको थियो ।
सम्बन्धित खबर