बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अर्जुनधारामा सभामुखद्वारा १ सय १५ ज्येष्ठ नागरिकलाई लौरो वितरण

मङ्गलवार, मंसिर ५, २०८०
झापाको अर्जुनधारा नगरपालिकाका १ सय १५ जना ज्येष्ठ नागरिकलाई लौरो वितरण गरिएको छ । अर्जुनधारा नगरपालिकामा सोमबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले लौरो वितरण गर्नुभएको हो । सभामुखको सचिवालयको समन्वयमा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकलाई लौरो उपहारसहित सम्मान गर्नुभएको थियो । सोहि अवसर पारेर नगरपालिकाको तर्फबाट समेत ज्येष्ठ नागरिकलाई सुधारिएको चुल्हो सभामुख घिमिरेको हात वाट वितरण गरिएको थियो । नगरकी उपप्रमुख खड्गमाया पराजुलीले स्वागत गरेको कार्यक्रममा संविधानसभाका सदस्य प्रेम गिरी, नगरकी पूर्व प्रमुख प्रशासकीय अधिकृत गिताकुमारी राईलगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलचन रिमाल, नगरका जनप्रतिनिधि, विभिन्न पार्टीका जिल्ला साथै नगरका प्रमुख तथा प्रतिनिधि, नगरपालिकामा क्रियाशील विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर