बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

जिम्मेवारीमुक्त भएका अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख बस्नेतद्वारा अर्का एक कर्मचारीमाथि मनोमानी गरेको खुलासा

शुक्रवार, असोज १२, २०८०
 झापा । अर्जुनधारा नगरपालिकाद्वारा कारबाहीमा परेका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले कर्मचारीमाथि पनि मनोमानी गरेको खुलेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमा रहेका बेला बस्नेतले स्वास्थ्य शाखामै कार्यरत एकजना कर्मचारीमाथि मनोमानी गरेको खुलेको हो । अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखामा सिनियर अहेव छैटौँ तहको स्थायी दरबन्दीमा कार्यरत एक महिला कर्मचारीले राष्ट्रिय विमा बोर्डवाट काज सरुवा फिर्ता भइ मिति २०८० भाद्र २५ गते हाजिर हुन पाउँ भनी नगरपालिकाको कार्यालयमा निवेदन पेश गरे पनि उहाँलाई हालसम्म पनि बस्नेतले हाजिर हुन नदिएको ती महिला कर्मचारीले बताउनुभएको छ । निवेदनमा प्रमुख प्रसाशकीय अधिकृतबाट प्रशासन साथै स्वास्थ्य शाखा भनी तोक आदेश भए पनि बस्नेतले हालसम्म पनि हाजिर हुन नदिएको पिडितको गुनासो छ । सामाजिक सञ्जालमा गलत क्रियाकलापमा संलग्न भएको भन्दै आफ्नै श्रीमतीबाट रंगेहात फेला परेका बस्नेतले स्वास्थ्य विमा वोर्डबाट काज फिर्ता भएकी महिला कर्मचारीलाई १५ दिनसम्म कार्यालयमा हाजिर हुन नदिइ हिंसा गरेको ती महिला कर्मचारीले बताएकी छिन् । एक जना महिला कर्मचारीलाई १५ दिनसम्म हाजिर हुन नदिएर बस्नेतले दिएको मानसिक तनावका कारण आफू अन्योलमा परेको पिडितको गुनासो छ । पिडित कर्मचारीले भनिन्, 'प्रमुख प्रशासकीय अधिकृतबाट तोकादेश भए पनि मैले मेरो दरबन्दी भएको स्थानमा काम गर्नका लागि हाजिर गर्ने वातावरण बनाइ सहयोग गर्नुपर्ने शाखा प्रमुखले हाजिर नै हुन दिनुभएन ।'
सम्बन्धित खबर