बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु, १ घाईते

शुक्रवार, वैशाख २, २०७९

२०७९ बैसाख ०२/ सुनसरीको धरान उपमहानगरपालिका(४ स्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्पो चालक धरान(१३ का ३५ बर्षीय खडग बिश्वकर्मा रहेका छन । आज बिहान ७ बजे धरानबाट तेह्रथुम तर्फ जाँदै गरेको को।१ख४४८० नम्वरको बस र भेडेटारबाट धरान तर्फ आउदै गरेको को।२ ह ७०४१ नम्वरको टेम्पो एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा टेम्पो चालक बिश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको र टेम्पोमा सवार ताप्लेजुङ लिखुम(२ कि १५ बर्षीया उषा लिम्वु घाईते भएकिमा धरान घोपामा उपचार भईरहेको छ भने बस चालक धरान(१३ का गोबिन्द कटुवाललाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिइ दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर