बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एमसीसी–विरुद्ध राजनीतिक दलहरुले काठमाडौंमा गरे विरोध प्रदर्शन

बुधवार, माघ २६, २०७८

२०७८ माघ २६/ एमसीसी–सम्झौताविरुद्ध संसद बाहिर रहेका राजनीतिक दलहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । संसद बाहिर रहेका बिभिन्न राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरुको मोर्चा संयुक्त जनआन्दोलनले एमसिसीको बिरोधमा बुधबार काठमाडौको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रर्दशन गरेका हुन् ।

एमसीसी सम्झौतामा नेपालको कानुनभन्दा अमेरिकाका माथि हुने देखिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाई छ । उनीहरुले एमसीसी अमेरीकी सुरक्षा सैन्य रणनीतिसंग जोडिएको भन्दै राष्ट्रहित बिपरित गरको बताएका छन् । प्रदर्शनमा सहभागीहरुले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गर लगाएका नारा लगाएका थिए । नेकपा (माले), नेकपा (संयु्््क्त), नेपाल कम्युनिष्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, लगायत विभिन्न संघसंस्थाहरुहले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका हुन् ।

एमसीसी पास गर्ने या नगर्ने भन्ने सम्बन्धमा राजनीतिक दलहरुबीच पनि सहमति जुट्न नसक्दा अघि बढ्न सकेको छैन ।

सम्बन्धित खबर