बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

आगामी जेष्ट ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न हुने

मङ्गलवार, माघ १८, २०७८

२०७८ माघ १८/ प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेष्ट ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्नका लागि मिति तोक्ने बताउनुभएको छ । मंगलबार बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसंगको छलफलका क्रममा आयोगले प्रस्ताव गरेको जेष्ट ४ गते नै स्थानीय चुनाव सम्पन्न गर्नका लागि प्रक्रिया अघि बढाउने र मिति घोषणा गर्ने बताउनुभएको हो । छलफलमा आयोगले संविधान र कानून बमोजिम जेष्ट ५ गते पछाडी स्थानीय तह रिक्त हुने भएकाले जेष्ट चार गर्ने निर्वाचन गर्न प्रस्ताव गरेको र प्रधानमन्त्रीले सोहि मितिमा निर्वाचन गर्न प्रक्रिया अघि बढाउने जानकारी दिनुभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाले जेष्ट चारमा निर्वाचन गर्नका लागि आयोग पूर्ण रुपमा तयार रहेको जानकारी दिनुभयो । प्रवक्ता पौडेलले ०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै अवको निर्वाचनमा खर्च बढ्ने बताउनुभयो । छलफलका क्रममा आयोगले प्रधानमन्त्री समक्ष ६ बुँदे प्रस्ताव पेश गरेको थियो । आयोगले संविधानले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल एक वर्षसम्म थप गर्नसक्ने व्यवस्था गरेपनि स्थानीय तहको जनप्रतिनिधिको कार्यकाल थप गर्ने संवैधानिक र कानुनी प्रावधान नभएको भन्दै जनप्रतिनिधिको कार्यकाल समाप्त हुनु अगावै निर्वाचन गर्नुको कुनै विकल्प नभएको जनाएको छ ।

सम्बन्धित खबर