बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम सुरु

आइतवार, माघ १६, २०७८

२०७८ माघ १६/ खानेपानी मन्त्री उमाकान्त चौधरीले बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम सुरु गरिसकेको बताउनुभएको छ । आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिना हाइड्रोसँग ठेक्का सम्झौता भइसकेको र पुनर्निर्माणको काम सुरु गरिसकेको बताउनुभएको हो । उहाले यस बर्षभित्रै मेलम्चीको खानेपानी बितरण गर्ने सरकारको घोषणालाई पुरा गर्न मन्त्रालय प्रतिवद्ध रहेको जानकारी दिनुभयो । त्यस्तै उहाले एसियाली विकास बैंक (एडीबी)ले मेलम्चीमा आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायका लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको र प्रतिवेदन प्राप्त भएपछि आवश्यक कार्यायोजना बनाइ कार्यान्वयन गरिने पनि बताउनुभयो । पत्रकार सम्मेलनमा मन्त्री चोधरीले खानेपानी महशुल निर्धारण आयोग गठन प्रक्रिया अघिबढाइएको र आगामी दिनमा समयसापेक्ष, बैज्ञानिक एवं व्यवहारिक महशुल दल निर्धारण हुने अपेक्षा गर्नुभयो । त्यस्तै उहाले सरकारको आगामी नीति तथा कार्यक्रममा खानेपानीको गुणस्तर परिक्षणलाई राष्ट्रिय अभियानको रुपमा परिचालन गरिने गरि आवश्यक तयारी गरिएको जानकारी दिनुभयो ।मन्त्री चौधरीले सरसफाई अन्तर्गत सरकारले घोषणा गर्दै आएको खुला दिशामुक्त क्षेत्रको दिगोपनका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायसंगको सहकार्य गरि बिशेष कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।

सम्बन्धित खबर