बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

चिकित्सा शिक्षाको शुल्कसम्वन्धी विवाद समाधानका लागि त्रिपक्षीय वैठक सहमति जुटाउन असफल

शुक्रवार, पौष ३०, २०७८

चिकित्सा शिक्षाको शुल्कसम्वन्धी विवाद समाधानका लागि शिक्षा मन्त्री देवेन्द्र पौडेलले बोलाएको त्रिपक्षीय वैठक सहमति जुटाउन असफल भएको छ ।


शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । बैठकमा स्नातक तहको एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी शिक्षण संस्थाहरूले नलिने निर्णय भएको जनाएपनि निर्णयमा केएमसी र नोबल कलेजका सञ्चालकहरुले नोट अफ डिसेन्ट लेखेका थिए । केएमसीका सञ्चालक सुनिल शर्माले सूचना सहीतरिकाले सम्पादन गरिदन आग्रह गर्नुभयो । उहाँले केही निर्णय नभएको बताउनुभयो । शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निर्णयमा पनि शर्माले फरक मत ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको थियो ‘कलेज सञ्चालकले नोट अफ डिसेन्ट लेखेपछि आन्दोलित विद्यार्थीहरु पनि निर्णयबाट असन्तुष्टि जानाएका थिए । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी नलिने निर्णय भएको उल्लेख छ ।

सम्बन्धित खबर