बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

युवालाई कोरियामा रोजगारीका लागि पठाउनु भन्दा पालिकामै कोरीयाली उद्योग स्थापना गर्न बुद्धशान्तिको जोड

बुधवार, माघ १७, २०८०
झापा/ झापाको बुद्धशान्ति गाउँपालिकाले युवालाई कोरियामा रोजगारीका लागि पठाउनु भन्दा पालिकामै कोरीयाली उद्योग स्थापना गर्न बुद्धशान्तिको जोड दिएको छ । बुद्धशान्ति गाउँपालिका र के इनर्जी सेभ कम्पनी लिमिटेड दक्षिण कोरिया बिच बुद्धशान्तिमा उद्योग स्थापना गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएर काम अघि बढेको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाका युवावर्गलाई छोटो समयको रोजगारीका लागि कोरिया पठाउनु भन्दा दीर्घकालिन रोजगारीका लागि पालिकामै उद्योग स्थापना गर्न गाउँपालिकाले पहल गरेको हो । गत पौष महिनामा बुद्धशान्ति गाउँपालिका प्रमुख मनोज प्रसाईको नेतृत्वमा उपप्रमुख र प्रमुख प्रसाशकीय अधिकृतसहितको टोली भगिनी सम्बन्ध स्थापना गर्ने उध्येश्यसहित दक्षिण कोरियाको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको थियो । अध्यक्ष प्रसाईको नेतृत्वमा रहेको टिमले कोरियन कम्पनीलाई उद्योग स्थापनाको लागि प्रस्ताव गरेको एक महिना नवित्तै कोरियन टिम उद्योग स्थापना गर्न सम्झौता गर्ने तयारीसहित नेपाल आएको बुझिएको छ । बुद्धशान्ति गाउँपालिकामा के इनर्जी सेभ कम्पनी लिमिटेडले उत्पादन गरिरहेको विद्युत खपत कम गर्ने एलेक्ट्रिकल डिभाइस अर्थात स्टेबिलाइजर नेपालमा नै उत्पादन गर्न के इनर्जी सेभ कम्पनी लिमिटेड दक्षिण कोरियाका प्रमुख पार्क कि होन, वरिष्ठ इन्जिनियर सोङ हाइ जुङ, त्यसैगरी लिमिटेड का निर्देशक कि च्वेल नउनसहितको टोलीले शनिबार बुद्धशान्तिका विभिन्न वडामा उद्योग स्थापना गर्न पायक पर्ने स्थानहरुको अवलोकन गरेको थियो । अवलोकन पश्चात गाउँपालिकाका कार्यपालिका सदस्यसहितको छलफलमा बुद्धशान्ति गाउँपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणका इन्जिनियर साथै प्राविधिक सहितको सहभागिता रहेको थियो । छलफल कार्यक्रमकै विच कोरियालि कम्पनी के इनर्जी सेभ कम्पनी लिमिटेडका वरिष्ठ इन्जिनियर सोङ हाइ जुङले कम्पनि बाट निर्माण गरिने स्टेपलाइजरको प्रयोग गरेर देखाउनु भएको थियो । नेपाल विद्युत प्राधिकरणका इन्जिनियरसमेतको सहभागितामा परिक्षण गरिएको मेसिनले भोल्टेज फ्लक्चुएसन हुन नदिई दश प्रतिशत विद्युत खपत कम गराउने र इलेक्ट्रोनिक्स सामग्रीको आयु बढाउने तथ्य प्रमाणित गरिएको थियो । साथै उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाउन कम्पनी र पालिकाबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ । जस्ले गर्दा युवा पलायनको अवस्थालाई नेपालमै रोक्न सकिने सम्भावनाको आधार तय भएको पनि पालिकाले जनाएको छ । पछिल्लो सात वर्ष यता नेपाल बाट कर्मचारीसहित जनप्रतिनिधीहरुको टिम कोरिया प्रस्थानको लहर र आफ्ना नागरिक पठाउने विवादास्पद निर्णयलाई बुद्धशान्ति गाउँपालिकाको निर्णयले गतिलो उदाहरण मार्फत काउन्टर गरेको देखिन्छ । फलस्वरुप गाउँपालिका भित्रका युवाका लागि दीर्घकालीन रोजगारीको अवसर जुट्ने सम्भावना देखिएको छ ।
सम्बन्धित खबर