शनिवार, माघ ११, २०८२
Sancharmanch

प्रदेश सरकारलाई अधिकार सम्पन्नबनाउन र संविधान कार्यान्वयनकालागि पत्रकारको भूमिका अपरिहार्य छ ः मुख्य मन्त्री कार्की

Posted by:
मङ्गलवार, पौष १०, २०८०
विराटनगर । कोशीका मुख्य मन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ । मुख्यमन्त्री निवासमा भेटघाटका लागि पुगेका नेपाल पत्रकार महासंघ कोशीप्रदेश कार्य समितिसँगको छलफलमा सोमबार मुख्य मन्त्री कार्कीले प्रदेश सरकारले प्रदेश भरिका पत्रकार महासंघको भौतिक संरचना विकासमा योगदान गरिरहेकोले पत्रकार महासंघलाई पनि प्रदेशको अधिकार प्राप्तीका लागि बहस चलाउन आग्रह गर्नुभएको हो । ‘प्रदेश सरकारलाई कानून बनाएर अधिकार हस्तान्तरण नगरिरहेको र कानून, नियम बनिसकेको प्रहरी समायोजन नगर्ने सरकार र संघीय सांसदलाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक छ । उहाँले भन्नुभयो, प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानून नबनाउने तर प्रदेश प्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने सांसद माथि सञ्चारकर्मीले किनप्रश्न उठाइरहेको छैन ?’
सम्बन्धित खबर