झापा / स्वर्गीय सञ्चारकर्मी मदन कुमार ढकालको स्मृतिमा ढकाल परिवारले उर्जाशील रामधुनी आमा समूहको अक्षय कोषमा सहयोग गरेको छ।
स्वर्गीय ढकालकी धर्मपत्नी सावित्रा ढकाल, छोरा श्रृजन ढकाल र बुहारी तथा युवा उद्यमी एलिना ढकाले स्वर्गीय ढकालको ७१औँ जन्मोत्सवको अवसर पारेर संयुक्त रूपमा सहयोग गर्नुभएको हो।
उर्जाशील रामधुनी आमा समूहले विभिन्न क्षेत्रका लागि अक्षय कोष स्थापना गरी समाज सेवामा योगदान पुर्याउने कार्यक्रमको सुरुवात गरेको छ।
यही कार्यक्रमअन्तर्गत ढकाल परिवारले रु २५ हजार अक्षय कोषमा प्रदान गरेको हो।
फायरउड बेकर्सकी सञ्चालकसमेत रहनुभएकी स्वर्गीय ढकालकी बुहारी एलिना रिजाल ढकाले संस्थाको काम र महत्व बुझेर सहयोग गरिएको बताउनुभयो।
समूहले प्राप्त हुने सहयोगलाई उच्चतम सदुपयोग गर्दै समाज सेवामा खर्च गरिने जनाएको छ। दाताबाट प्राप्त सहयोग खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी ढकाले संस्था सधैँ दिनदुःखीको सेवामा समर्पित रहेको बताउनुभयो।
उर्जाशील रामधुनी आमा समूहले कार्यसमिति र सल्लाहकार समितिको समन्वयमा हरेक महिनामा एउटा सहयोग कार्यक्रम सञ्चालन गर्ने वार्षिक योजना बनाएको छ। यसले अभावमा रहेका तथा पीडित नागरिकलाई थप राहत र सहयोग पुग्ने अपेक्षा गरिएको छ।