अब बुद्धशान्ति गाउँपालिकामा स्थानीय पाठ्यक्रम । " हाम्रो बुद्धशान्ति " नामक आधारभुत तह कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम बुद्धशान्ति गाउँपालिका मार्फत सार्वजनिक गरि यही शैक्षिक सत्र २०८२ बाट कक्षा १ देखि ४ सम्म लागु गर्ने कार्यतालिका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयहरु लाई मिति २०८२ जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भएर पदभार ग्रहण गरेको जेठ ९ गते ठिक तेस्रो वर्ष पुरा भएको अवसरमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा मार्फत स्थानीय पाठ्यक्रम हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ। बुद्धशान्ति गाउँपालिका पुर्व जनप्रतिनिधि कार्यकालमा प्रक्रिया अघि बढाई तयारी भएको यस पाठ्यक्रम निर्माण समिति ,संवाद सहजीकरण समुह र सम्पादन मण्डल प्रति गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष बाट विशेष धन्यवाद व्यक्त गरिएको छ।