बिहिवार, जेठ ९, २०८२
Sancharmanch

शान्तिनगर कृषि सहकारीले गाई ब्लक विकास कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न

शुक्रवार, जेठ ३, २०८२
बुद्धशान्ति ६, झापा – शान्तिनगर कृषि सहकारी संस्था लिमिटेडले गाई ब्लक विकास कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र भद्रपुर झापा र सहकारीको साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रम शुक्रबार सहकारीको सभाहलमा सम्पन्न भएको हो ।   कृषकहरुलाई सहकारीले उन्नत गाई वितरण गरेको छ । वडा कार्यालय वाट गाईहरुमा नश्ल सुधारका लागि पहिलो पटक रु पाँचसय र पुन दोश्रो पटक एआइ गर्नु पर्ने भए रु चार सय उपलब्ध गराउँदै आएका बुद्धशान्ति गाउँपालिका वडा नं. ६ का अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । कार्यक्रममा शान्तिनगर कृषि सहकारी संस्थाका सल्लाहकार सम्योजक दिपक गौतमले कृषि तथा पशुपालन क्षेत्रमा सहकारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सरकारी सेवा सुविधासँगको सहकार्य आवश्यक रहेको बताउनुभयो । संस्थाका अध्यक्ष दिलनाथ काफ्लेले सहकारीले ५० प्रतिशत लगानी गर्नुपर्ने बाध्यताका कारण केही चुनौती रहे पनि आगामी दिनमा लक्षित कृषकलाई सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसवर्ष ४७ लाख ५३ हजार २ सय रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा ३३ लाख ७५ हजार रकम अनुदानको रूपमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र भद्रपुर झापाले उपलब्ध गराइएको सहकारीले जनाएको छ । सरकारले लगानि गरे अनुसारको प्रतिफल प्राप्त गर्ने गरी सहकारीका सदस्यहरुले कार्य गर्नु पर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र भद्रपुर झापाकी कार्यालय प्रमुख शितल भट्टराईले बताउनुभयो । गाई विकास ब्लक कार्यक्रमबाट लाभान्वित कृषक सन्तोष अधिकारीले उत्पादन तथा बजार सुधारमा अनुदानले सकारात्मक प्रभाव पारेको बताउनुभयो । कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका वडा नं. ६ का अध्यक्ष शिवराज पौडेल, पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख कैलाश प्रसाद सिंह, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र भद्रपुरकी कार्यालय प्रमुख शितल भट्टराई, लगायतले गाई पालनलाई उन्नत बनाउने, नश्ल सुधार, तथा सहकारीको भूमिकाबारे जानकारी गराउनुभएको थियो । सुनुवाई कार्यक्रममा सहकारीले उन्नत गाई वितरण, नश्ल सुधारका लागि वडा कार्यालयमार्फत आर्थिक सहयोग, तथा सरकारी अनुदानको उपयोगबारे छलफल गरिएको थियो । संस्थाका अध्यक्ष दिलनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं. ६ का अध्यक्ष शिवराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । सहकारीका सल्लाहकार समितिका सम्योजक दिपक गौतमले स्वागत गर्नु भएको कार्यत्त,म सहकारीका सचिव प्रमोद खतिवडाले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा सहकारीका सदस्य साथै विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर