सोमवार, वैशाख १५, २०८२
Sancharmanch

विर्तामोडका दुई युवा दिवाकर प्रसाई र सुशिल थापाको माता तिर्थ औँशीे मानव सेवा आश्रम मेचिनगरमा

आइतवार, वैशाख १४, २०८२
झापा/ आज माता तिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । आमा हुनेहरुले आफ्नै आमाको मुख हेर्ने गर्छन भने आमा नहुनेहरुले धार्मिक स्थल साथै आश्रममा पुगेर आमाहरुलाई मिष्ठान्न भोजन गराउने गर्छन । यसै सन्दर्भमा झापा विर्तामोडका दुई युवा दिवाकर प्रसाई र सुशिल थापाले मानव सेवा आश्रम मेचिनगर ४ बाहुनडाँगी पुगेर ३० हजार बढिको खाद्यान्न सहयोग गर्नुभएको छ । माता तिर्थ औँसिको अवसर पारेर मानव सेवा आश्रमले आयोजना गरेको एक कार्यक्रमका विच सामग्री हस्तान्तरण गर्नु भएको हो । विर्तामोड नगरपालिकाका युवाहरुको यो समाज सेवाको भावना कदरयोग्य रहेको छ । आश्रममा आवश्यक सामग्रीको सहयोगमा स्थानिय तहहरुले चासो देखाउन जरुरी रहेको कार्यक्रमका प्रमुख अतिथि तथा विर्तामोड नगरपालिका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनुभयो । मानव सेवा आश्रम स्थापनाको कुरा आफुले थाहा नपाए पनि विर्तामोड वाट मानव उद्धार गरेर ल्याए पछि मात्र थाहा पाएको बताउँदै सहयोगी मनका धनी युवा दिवाकर प्रसाईले आगामि दिनमा २०८२ साल भित्रमा केहि कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । आफ्नो ममीको साथ छुटेको ६ वर्ष भएको बताउँदै सहयोगी मनका धनी युवा सुशिल थापाले आगामी दिनमा थप कार्यक्रम लिएर आउने बताउनुभयो । मानव सेवा आश्रम झापा जिल्लाको मात्र हैन प्रदेश नं. १ कै उत्कृष्ठ आश्रमको रुपमा विकास गर्नका लागि प्रसस्त जमिन भए पनि बजेट ब्यवस्थापन पूर्ण नहुँदा निर्माण गर्नुपर्ने थुप्रै आवश्यकताहरुले नेपाली सहयोगी मनहरुलाइ पर्खिरहेको छ । सहयोगी मनहरु वाट प्राप्त सहयोग वाट मानव सेवा आश्रम अगाडि वढेको बताउँदै विर्तामोड वाट उद्धार गरेका नागरिकहरुको पहिचानमा उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले महत्वपूर्ण सहयोग गर्नु भएको मानव सेवा आश्रमकी केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक गंगा थापाले बताउनुभयो । झापाको मेचिनगरमा रहेको यो मानव सेवा आश्रममा ४८ जना आमा बुवाहरु रहनुभएको छ । जसमा १५ जना आमाहरु रहनु भएको छ । २०८१ मंशिर महिना बाट उध्घाटन भई सञ्चालनमा ल्याई आश्रम बाट २४ जना आमा बुबाहरुलाई पारिवारीक मेल गराएको आश्रमका स्वयमसेवक खगेन्द्र विश्वकर्माले बताउनुभयो । मानव सेवा आश्रमले माता तिर्थ औँसीको अवसर पारेर आयोजना गरेको कार्यक्रममा विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, स्थानिय समाजसेवी लगायतको उपस्थिति रहेका थियो । २०६९ साल भाद्र १३ गते मकवानपुर जिल्लाको हेटौँडा बाट सुरु भएको मानव सेवा आश्रम यतिवेला सातै प्रदेशका २० जिल्लामा २६ वटा सेवा केन्द्रहरुको स्थापना भएको बताइएको छ । आश्रम स्थापनाका लागि स्थानिय श्रेष्ठ दम्पतीले आफुसँग भएको सम्पूर्ण २ विगाहा ५ कठ्ठा जमिन उपलब्ध गराउनु भएको छ । थोरै जमिनमा आश्रम सञ्चालनमा रहेको छ भने बाँकी जमिन खाली रहेको हुँदा त्यस स्थानमा संरचना निर्माण गर्दै थप ब्यवस्थापन गर्न सकिएको खण्डमा कोशी प्रदेश भित्र सडक मानवको अन्त्य हुने संभावना देखिन्छ । तर हरेक स्थानि तहहरुले वार्षिक नीति तथा कार्यक्रमा मार्फत यस आश्रमको ब्यवस्थापनका लागि बजेट ब्यवस्थापन गर्न जरुरी रहेको छ ।  
सम्बन्धित खबर