झापा/ बैसाख १४ गते माता तिर्थ औँसी नेपाली संस्कृति अर्थात परम्परा अनुसार आमाको मुख हेर्ने दिन । माता तिर्थ औसी नेपालभर विभिन्न कार्यक्रमहरु गरि मनाईदै आएको छ । ब्यक्ति विषेस रुपमा हेर्ने हो भने आमाहरुको मुख हेर्न विबाहित छोरीहरु माइतिघर पग्छन् र आमालाई मिठा परिकार खुवाएर, बस्त्र लगायतका सामग्री प्रदान गरेर आमाको सम्मान गर्ने चलन छ ।तर गोपाल गौरी दिगो विकास प्रतिष्ठान र झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ को संयुक्त प्रयासमा आमालाई घर प्रदान गरि हस्तान्तरण गरिएको छ । माता तिर्थ औँसीको अवसर पारेर एक बृद्ध आमालाई घर निर्माण गरी प्रदान गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ३ मा घर विहिन रुपमा कष्टकर जिवन विताईरहनु भएकी रानि गाउँले नामले परिचित आमालाई घर हस्तान्तरण गरिएको हो ।

माघ महिनामा विजोग अवस्थामा आमालाई भेटेको बताउँदै सहयोगी मनहरुको खोजी गर्दै गोपाल गौरी दिगो विकास प्रतिष्ठानसँग सहकार्य भएको शिवसताक्षी नगरपालिका वडा नं. ३ का अध्यक्ष भाष्कर न्यौपानेले बताउनुभयो ।

दाताहरु वाट सहयोग जुट्ने क्रममा काठमाडौँबाट समाजसेवी रञ्जना पाण्डेले आमाका लागि लगाउने कपडा सहयोग गर्नु भएको छ । गोर्खाली हट बाट ५२५०, सिता राई ५०००, श्रद्धा खत्री ४०००, गोविन्द काफ्ले ३७५० रकम प्राप्त भएको बताइएको छ । बृद्ध आमालाई सरसफाई गरेर साझा प्रयासमा निर्माण भएको नव निर्मित घरमा ब्यवस्थापन गरिएको छ । बृद्ध आमाको लागि घर निर्माणका लागि विभिन्न सहयोगी दाताहरुको सहयोगमा घर निर्माण भएको बताउँदै शिवसताक्षी नगरपालिका वडा नं. ६ काअध्यक्ष मनोज खुलाल कार्कीले सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिनुभयो ।

आफुहरुले पहिले देखिनै दयनिय अवस्था रहेको थाहा पाएको बताउँदै शिवसताक्षी नगरपालिका वडा नं. ३ का स्थानिय नक्कलमान शेर्माले आर्थिक अवस्था न्युन रहेको परिवारको ब्यवस्थापनका लागि गोपाल गारी दिगो विकास प्रतिष्ठान र वडा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।

गोपाल गौरी दिगो विकास प्रतिष्ठान र वडा अध्यक्ष भाष्कर न्यौपानेको भुमिका अत्यन्तै सहरानीय रहेको बताउँदै आफुले पनि २ वटा झ्यालको ब्यवस्थापन गरिदिने शिवसताक्षी नगरपालिका वडा नं. ३ को पाराबारी बजार ब्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी मेघराज ओझाले बताउनुभयो ।

गोपाल गौरी दिगो विकास प्रतिष्ठानका आजिवन सदस्यहरुको साझा प्रयासमा घर निर्माण भएको बताउँदै गोपाल गौरी दिगो विकास प्रतिष्ठान झापा शाखाका अध्यक्ष भद्रकुमार दुमी राईले केन्द्रिय अध्यक्षको सकृयता रहेको साथै वडा अध्यक्ष बाट पनि महत्वपूर्ण सहयोग रहेको बताउनुभयो ।

गोपाल गौरी दिगो विकास प्रतिष्ठानका आजिवन सदस्यहरु वाट विभिन्न सामग्रीको सहयोग साथै आर्थिक सहयोग रहेको भवन निर्माणमा शिवसताक्षी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष भाष्कर न्यौपानेले महत्वपूर्ण सहयोग रहेको बताइएको छ ।

घर निर्माणमा हाल सम्म आजिवन सदस्यहरु वाट ४८ हजार ५ सय र संस्था वाट १ लाख ३२ हजार ७ सय ५० रुपैयाँ, बाह्य सहयोग साथै वडा कार्यालय वाट विभिन्न शिर्षकमा ४० हजार ५ सय सहयोग भएको बताइएको छ ।

घर हस्तान्तरण कार्यक्रम गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माको अध्यक्षता साथै शिवसताक्षी नगरपालिका वडा नं. ३ का अध्यक्ष भाष्कर न्यौपानेको प्रमुख आथित्यता रहेको थियो । घर निर्माण गर्न हल सम्म जम्मा लागत ३ लाख खर्च भइसकेकोछ । घरको ढोका र ३ वटा झ्याल लगाउन ३३ हजार खर्च हुने बताइएको छ । कार्यक्रममा वडा नं. ३ का सम्पूर्ण वडा सदस्यहरु, वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्की, केन्द्रिय सदस्य खनिमायाँ श्रेष्ठ, झापा शाखाका अध्यक्ष भद्रकुमार दुमी, सचिव चन्द्रकला सापकोटा लगायत सदस्यहरु, समाजसेवी मेघराज ओझा, नेपाल रेडक्रस सोसाइटी उप शाखा शिवसताक्षीका सभापती गोविन्द काफ्ले लगायत स्थानियबासी लगायतको उपस्थिति रहेको थियो ।