आइतवार, वैशाख १४, २०८२
Sancharmanch

शिवसताक्षी ६ का अध्यक्ष मनोज खुलालद्वारा २५० आमाहरु सम्मानित

शनिवार, वैशाख १३, २०८२
झापा/ शिवसताक्षी नगरपालिका वडा नं. ६ झापाले माता तीर्थ औंशीको अवसर पारेर आफ्नो वडाको सेवा क्षेत्र भित्रका २ सय ५० ज्येष्ठ आमाहरुलाई झुल वितरण गरेको छ । गर्मी बढेसँगै लामखुट्टे वाट लाग्न सक्ने रोगहरु वाट बच्नका लागि स्वास्थ्य सुरक्षाको ख्याल गर्दै मायाको चिनोस्वरूप ज्येष्ठ माताहरुलाई सम्मान गरिएको हो । वडाले आफ्नो बजेट सिलिङ मार्फत झुल वितरण समय सापेक्ष रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मेगाहाङ्ग थोप्रा रोशनले वडा अध्यक्ष मनोज खुलालको प्रशंसा गर्दै ज्येष्ठ नागरिक भवनको थप ब्यवस्थापनका लागि हिउँदे नगरसभावाट बजेट ब्यवस्थापन गरिएको बताउनुभयो । शनिवार शिवसताक्षी वडा नं. ६ को ज्येष्ठ नागरिक भवनमा आयोजना गरिएको कार्यक्रमले वडाका जन प्रतिनिधिहरु एक पटक बृद्ध आमाहरुको मन मन सम्म पुग्ने गरिको कार्यक्रम सञ्चालन भएको छ । आम नागरिक आमाहरुको साथ सहयोग, मायाँ र आशिर्वाद वाट आफु जनप्रतिनिधी भएको बताउँदै शिवसताक्षी नगरपालिका वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीले आमाहरुको दुःख सुखमा सँगै भएको र आगामिदिनमा सम्पूर्ण क्षेत्रलाई समेट्नेगरी कार्यक्रम आयोजना गरिने बताउनुभयो । वडा कार्यालय वाट वार्षिक नीति तथा कार्यक्रममा समावेस गरेर तय भएको कार्यक्रम अन्तर्गत रु ९४ हजार बजेट ब्यवस्थापन गरी २ सय ५० थान झुल प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । झुल वितरण साथै आमा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय सदस्य इन्दिरा शर्माले वडा नं. ६ वाट सञ्चालन भएको आमा सम्मान कार्यक्रम अन्य वडाहरुले पनि सिक्नु पर्ने धारणा राख्नु भयो । त्यस्तै कार्यक्रममा स्वागत मन्यव्य राख्दै वडा सदस्य गोमा रिजाले आमा धर्ती हुन् जसले सबैलाई अँगालोमा राख्छिन्, आमा सृष्टिकर्ता हुन्, जसले जीवन दिन्छिन, हुर्काउँछिन, मार्ग देखाउँछिन आमा बिना संसार अधुरो हुने बताउदै आमा शब्द जसको गहिराइ नाप्न शब्दहरु नै अपुग रहेको बताउनुभयो । माता तीर्थ औंशीमा वडाका ज्येष्ठ आमाहरुलाइ घर घरमा गएर भेट्न असम्भव भएर एकै ठाउँमा ज्येष्ठ आमाहरुलाई भेला गरिएको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले एउटा नमुना कार्यक्रमको आयोजना गरेको छ । शिवसताक्षी नगरपालिकामा रहेको गौरी संकर आधाुभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद दाहालले वडा नं. ६ वाट विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्ने गरेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै ज्येष्ठ नागरिक वडा नं. ६ का अध्यक्ष चक्रप्रसाद लुईटेलले माता तिर्थ औसिको अवसर पारेर वडा कार्यालय वाट कार्यक्रमको आयोजना गरेकोमा खुसी ब्यक्त गर्दै ज्येष्ठ नागरिक भवन निर्माणमा पनि वडा कार्यालयको महत्वपूर्ण साथ र सहयोग गरेको बताउनुभयो । शिवसताक्षी नगरपालिका वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षता रहेको कार्यक्रममा नगर प्रमुख मेघाहाङ थोप्रा रोशनको प्रमुख आतिथ्यता रहेको थियो । वडा सदस्य तथा कार्यपालिका सदस्य गोमा रिजालले स्वागत गर्नु भएको कार्यक्रम वडासचिव कमला कुमारी भेट्वालले सञ्चालन गर्नुभको थियो ।
सम्बन्धित खबर