झापा/ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाले मत्स्य शिविर सञ्चालन गर्दै ब्यवसायीक माछा पालनका लागि सहयोगी सामग्री वितरण गरेको छ । झापाको विर्तामोड नगरपालिका भित्र ब्यवसायीक माछा पालन गर्ने कृषकहरुलाई पानिको अवस्था सुधार गर्न चुना,ओटु जेन ट्याबलेट , थर्मोमिटर, पि एच पेपर, पोटासीयमपर म्याग्नेट वितरण गरिएको थियो । विर्तामोड नगरपालिकामा मत्स्य विकासका कार्यक्रम कमै भए पनि तालिम सञ्चालनका लागि एउटा कार्यक्रम राखिएको वितामोड नगर पालिका पशु पन्छि तथा मत्स्य विकास अधिकृत सावित्रा दाहालले बताउनुभयो ।

विर्तामोड नगरपालिका भित्र विषेस गरेर पङ्गासियस जातका माछाका लागि उपर्युत वातावरण रहेको बिज्ञहरुको भनाई छ । विर्तामोड नगरपालिका भित्र सञ्चालित माछापालक कृषकहरुलाई नगरपालिका वाट पनि सम्बोधन गर्न जरुरी रहेको देखिन्छ । नेपाल मत्स्य किसान संघ कोषि प्रदेशका उपाध्यक्ष मोहन शिवाकोटीले विर्तामोडमा मात्र एक सय बढि कृषकहरु ब्यवसायीक कृषकहरु रहेको भए पनि नगरपालिकाले विज्ञ ब्यवस्थापनका लागि ब्यवस्थापन नगर्दा राज्यको तर्फ वाट मत्स्य पालक कृषकहरु उपेक्षित भएको गुनासो राख्नुभयो ।

साथै उहाँले उन्नत जातको भुरा र दाना नपाउने समस्या रहेको उहाँले बताउनुभयो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाले सञ्चालन गरेको मत्स्य शिविर बाट विर्तामोड नगरपालिकामा १५ वटा सञ्चालनमा आएका माछा फाम फार्मसञ्चालक कृषक लाभान्वित हुनुभएको थियो । कार्यक्रम बाट कुल १५ जना ब्यवसायीक कृषक विभिन्न सामग्र प्राप्त गर्नुु भएको थियो । प्रदेश सरकारले ब्यवसायीक पशु पन्छि तथा मत्स्य पालक कृषकहरुलाई ब्याज अनुदानका कार्यक्रम ल्याएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाकी मत्स्य विकास अधिकृत केदारकुमारी अधिकारीले बताउनुभयो ।

ब्यवसायीक रुपमा माछा पालन गर्ने कृषकहरुलाई आइ पर्ने समस्या समाधनका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाले विभिन्न समयमा तालिम साथै पानि परिक्षण गर्दै पानि तथा खाडि सुधारका लागि आवश्यक सामग्री वितरण गर्दै आएको छ । फिल्डमा पुग्दा पानिमा एमोनिया देखिने गरेको बताउदै प्रदेश सरकारले अनुदानका कार्यक्रम सुन्य गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाकी मत्स्य विकास अधिकृत केदारकुमारी अधिकारीले बताउनुभयो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाले मत्स्य शिविर सञ्चालन गर्दै कृषकलाई सहयोग गर्दै आएको छ । माछा पालनका लागि आवश्यक सहयोगका पालि माछा विषयमानै काम गर्न सक्ने प्राविधिक आवश्यक हुने बिज्ञ केन्द्र झापाका निमित्त कार्यालय प्रमुख डाक्टर सुजन राईले बताउनुभयो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाले सञ्चालन गरेको शिविर वाट आवश्यकता महसुस गरिएका मेचिनगर नगरपालिका भित्रका कृषक र विर्तामोड नगरपालिका भित्रका कृषकहरुलाई गरि जम्मा २५ थान थर्मोमिटर, ११५ केजी जीओ लाईट, ८ केजी पोटासीयमपर म्याग्नेट, २५ प्याकेट पिएच पेपर, २२ः५० केजी ओटु जेन ट्याबलेट, १३००केजी चुना वितरण गरिएको थियो ।