झापा/ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाले मत्स्य शिविर सञ्चालन गर्दै ब्यवसायीक माछा पालनका लागि सहयोगी सामग्री वितरण गरेको छ । झापाको मेचिनगर नगरपालिका भित्र ब्यवसायीक माछा पालन गर्ने कृषकहरुलाई पानिको अवस्था सुधार गर्न चुना,ओटु जेन ट्याबलेट , थर्मोमिटर, पि एच पेपर, पोटासीयमपर म्याग्नेट वितरण गरिएको थियो । मेचिनगर नगरपालिकामा मागमा आधारीत कार्यक्रम अन्तर्गत कृषकलाई सम्बोधन गर्न सकिने प्रमुख प्रसाशकीय अधिकृत अग्नि प्रसाद अधिकारीले बताउनुभयो ।

मेचिनगर नगरपालिका भित्र विषेस गरेर कार्प जातका माछाका लागि उपर्युत वातावरण रहेको बिज्ञहरुको भनाई छ । मेचिनगर नगरपालिका भित्र सञ्चालित माछापालक कृषकहरुलाई नगरपालिका वाट पनि सम्बोधन गर्न जरुरी रहेको कृषक प्रेम सम्बाहाम्फेले बताउनुभयो । साथै उहाँले उन्नत जातको भुरा र दाना नपाउने समस्या रहेको उहाँले बताउनुभयो ।

मेचीनगर नगरपालिकामा १९ वटा फार्म र ८ जना दर्ता नभई सञ्चालनमा आएका माछा फाम सञ्चालक कृषक लाभान्वित हुनुभएको थियो । कुल २७ जना ब्यवसायीक कृषक विभिन्न सामग्र वाट लाभान्वित हुनु भएको थियो । नगरपालिका बाट पनि कृषकहरुका लागि कार्यक्रम सञ्चालनमा विषेस ध्यान पुर्याइदै आएको आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र काकीले बताउनुभयो ।

ब्यवसायीक रुपमा माछा पालन गर्ने कृषकहरुलाई आइ पर्ने समस्या समाधनका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाले विभिन्न समयमा तालिम साथै पानि परिक्षण गर्दै पानि तथा खाडि सुधारका लागि आवश्यक सामग्री वितरण गर्दै आएको छ ।

मत्स्य विकास निर्देशनालयको सहयोगमा पोखरीमा रहेको पानि परिक्षण गरिएको बताउँदै कृषकको पोखरीमा धेरै सुधार गर्न जरुरी रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाकी मत्स्य विकास अधिकृत केदारकुमारी अधिकारीले बताउनुभयो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाले मत्स्य शिविर सञ्चालन गर्दै कृषकलाई सहयोग गर्दै आएको छ । माछा पालनका लागि आवश्यक सामग्री सहयोगका लागि माग गर्न कृषकलाई आग्रह गर्दै बिज्ञ केन्द्र झापाका निमित्त कार्यालय प्रमुख डाक्टर सुजन राईले बताउनुभयो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाले सञ्चालन गरेको शिविर वाट आवश्यकता महसुस गरिएका मेचिनगर नगरपालिका भित्रका कृषक र विर्तामोड नगरपालिका भित्रका कृषकहरुलाई गरि जम्मा २५ थान थर्मोमिटर, ११५ केजी जीओ लाईट, ८ केजी पोटासीयमपर म्याग्नेट, २५ प्याकेट पिएच पेपर, २२ः५० केजी ओटु जेन ट्याबलेट, १३००केजी चुना वितरण गरिएको थियो ।