शनिवार, वैशाख १३, २०८२
Sancharmanch

मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापाको अध्यक्षमा मञ्जु ओली

मङ्गलवार, वैशाख ९, २०८२
झापा/ मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार केन्द्रको झापा शाखा कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका विच नव निर्वाचित अध्यक्ष मञ्जु ओलीलाई निवर्तमान अध्यक्ष पुनम ओडारीले पद हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी ढकालले सामाजिक कार्यमा अग्रसर रहेको मञ्जुश्री अशाहाय संरक्षण केन्द्रले आवश्यकता महसुस गरे आमा समूह एक आपसमा सहकार्य गर्दै अगाडि वढ्ने बताउनुभयो । मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापाको पद हस्तान्तरण गर्र्दै संस्था अशाहाय तथा हिंसामा परेका महिलाहरुका लागि एउटा अभिभावकको भुमिका निर्वाह गर्दै टुटेका घरहरु जोड्ने काममा अग्रसर रहेको निवर्तमान अध्यक्ष पुनम ओडारीले बताउनुभयो । मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापाकी नव निर्वाचित अध्यक्ष मञ्जु ओलीले मञ्जुश्री वेसाहारा नागरिकलाई संरक्षण गर्दैै अगाडि वढेको र आगामि दिनमा सम्पूर्ण सदस्यहरुसँग हातमा हात काँधमा काँध भएर काम गर्दै अगाडि वढ्ने बताउनुभयो । मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाले अफ्ठेरोमा परेका नागरिकहरुलाई सहयोग गर्दै समाज रुपान्तरणको क्षेत्रमा अगाडि वढेको छ । समाज रुपान्तरणका लागि बेमेल हैन मेलमिलाप आवश्यक छ भन्ने मुल मन्त्रकासाथ समाजमा आइपर्ने समस्या समाधानमा अग्रसर हुँदै आएको छ । मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको पद हस्तान्तरण कार्यक्रम नव निर्वाचित अध्यक्ष मञ्जु ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो । उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी ढकालको प्रमूख आतिथ्यता रहेको कार्यक्रम मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाकी सचिव समिरा बजगाईले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर