सोमवार, वैशाख ८, २०८२
Sancharmanch

नेपाली कांग्रेस ताप्लेजुङका नेता जय बहादुर खड्का अस्वस्थ

सोमवार, वैशाख ८, २०८२
ताप्लेजुङ, नेपाली कांग्रेस ताप्लेजुङ मेरिङ्देन गाउँपालिका सभापती जय बहादुर खड्का अस्वस्थ हुनु भएको छ । एपेन्डिसाइड, प्रोष्टेट र पिसावमा समस्या भइपछि नेता खड्का विर्तामोड स्थित वि एण्ड सि अस्पतालमा भर्ना हुनु भएको हो । नेता खड्काको उपचारका लागि डाक्टर बाशुदेव बाँस्कोटा र अजय के सि संलग्न रहेको खड्काका छोरा प्रदिप खड्काले जानकारी दिनुभयो । बैसाख ४ गते हस्पिटल भर्ना हुनु भएका खड्काको बैसाख ५ गते एपेन्डिसाइडको अप्रेसन सफल भएको छ । हाल उहाँलाई पोष्ट अप वार्ड बाट मेडिकल वार्डमा सारिएको बताइएको छ । नेपाली कांग्रेस मेरिङदेनका सचिव मिङ्मा वाङ्देल शेर्पा र तरुणदल अध्यक्ष गजेन्द्र कुमार चोङ्वाङले नेता खड्काको स्वास्थ्यलाभको कामना गर्नुभएको । नेता खड्का नेपाली कांग्रेस मेरिङ्देनका प्रभावशाली नेताको रुपमा परिचित हुनुन्छ । आफ्नो गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर हाङ्गामलाई विजय गराउन सफल जय बहादुर खड्का एक इमान्दार नेताको रुपमा समेत परिचित हुनुन्छ ।
सम्बन्धित खबर