सोमवार, वैशाख ८, २०८२
Sancharmanch

युवा नागरिक समाजले बेथितिका बिरुद्ध ससक्त कदम चलाउने

सोमवार, वैशाख ८, २०८२
झापा, युवा नागरिक समाजले बेथिति र भ्रष्टाचार विरुद्ध आफ्ना गतिविधि ससक्त बनाउने भएको छ । समाजमा आवद्ध युवाहरुको आम भेला बाट सुसाशनका लागि अभियान सञ्चालन गर्ने जनाएको हो । अभियान अन्तर्गत सरकारी निकायमा रहेको भ्रष्टाचार अन्त्यका लागि गतिबिधिलाई तिब्रता दिने बताइएको छ । आम नागरिकले सेवा लिने सरोकारवाला निकायमा हुने गरेका खराव गतिविधि रोक्नका लागि समास ससक्त ढंगले अगाडि बढ्ने युवा नागरिक समाजका केन्द्रिय अध्यक्ष केशव भण्डारीले बताउनुभयो । युवा नागरिक समाजले राजनितिक पृष्ठभुमि भन्दा बाहिर रहेर समाज रुपान्तरणका लागि विना राजनितिक दवाबकासाथ आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ । विभिन्न पार्टि परित्याग गरी स्वतन्त्र बनेका युवाहरुको समूह बाट निर्माण भएको नागरिक समाजले अफ्ठेरोमा परेका आवाज विहिन नागरिकहरुको प्रतिनिधित्व गर्ने समाजका अध्यक्ष केशव भण्डारीले बताउनुभयो । समाज रुपान्तरणका लागि युवा नागरिक समाजले अभियान ससक्त बनाउँदा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा भएका गलत कृयाकलाप रोक्नका लागि अभियान चलाउने बताइएको छ । देशको संमृद्धिका निम्ति विभिन्न विषयगत कार्यालयहरुले सञ्चालन गर्ने नीति तथा कार्यक्रमहरुबाट सर्वसाधारण नागरिकहरुले प्राप्त गर्ने सेवामा अफ्ठ्यारो परिस्थिति आइ परे युवा नागरिक समाजले सहयोग गर्ने बताइएको छ ।
सम्बन्धित खबर