झापा/ नेपाल विद्यार्थि संघ जिल्ला कार्यसमिति झापाले सहिद स्मृति सभा भब्य रुपमा सम्पन्न गरेको छ ।

२०६२/०६३ को जन आन्दोलनमा सहादत प्राप्त सहिद राजन गिरी र सुरज विश्वासको सम्झनामा शहिद परिवार र आन्दोलनका घाइतेलाई सम्मान गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।

आइतबार नेपाल विद्यार्थी संघ झापाद्वारा भद्रपुरको चन्द्रगडिमा अधुरो जि पि भवन प्राङ्गढ अर्थात शहिदहरुले जिवन बलिदान दिएको स्थानमा आयोजना गरिएको दोस्रो जनआन्दोलनका शहीदहरू राजन गिरी र सुरज विश्वासको स्मृति सभामा बोल्दै नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलाले शान्तिपूर्ण आन्दोलनमा आएका कार्यकर्तालाई निर्ममतापूर्ण गोलिप्रहार भएको बताउनुभयो ।

सुरज विश्वास र राजन गिरीले शाहदत प्राप्त भएको क्षण संझदै नेता सिटौलाले झापाका २ युवाको बलिदानको केहि दिन नवित्तै परिवर्तनका लागि राजाले राजगद्धि छाडेको बताउनुभयो ।

सोहि अवसरमा स्वर्गिय नेता गिरिजा प्रसाद कोइरालाले युगान्तकारी परिवर्तको संवाहकको रुपमा योगदान गरेको बताउनुभयो ।

बलिदानीपूर्ण आन्दोलन बाट ल्याएको परिवर्तनको विरुद्ध उठाइएका अर्थहित कदमहरुले परिणाम दिन नसक्ने बताउँदै नेपाल विद्यार्थि संघ झापाका सभापती सञ्जय निरौलाले बैशाख ६ गते दुई युवाहरुले जिवन उत्सर्ग गरेको बताउँदै नेपाल विद्यार्थी संघ झापाले विभिन्न कार्यक्रम गर्दै नेपाल विद्यार्थि संघको स्थापना दिवश मनाएको बताउनुभयो ।

राज्य ब्यवस्था परिवर्तनका लागि युवाहरुले दिएको बलिदान अतुलनिय रहेको बताउँदै विद्यार्थि नेता निरौलाले देशको परिवर्तनका संघर्षहरुमा नेपाल बिद्यार्थी संघको भुमिका अतुलनिय रहेको बताउनुभयो ।

नेपाल विद्यार्थि संघ झापाले आयोजना गरेको स्मृति सभा कार्यक्रममा नेपाल बिद्यार्थि संघ झापाका सभापती सञ्जय निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

शहिदहरुको फोटोमा माल्र्यापण गरी उध्घाटन गरिएको कार्यक्रमकै विच शहिद परिवार र आन्दोलनमा घाइते हुनु भएका जिउदा शहिदहरुलाई सम्मान पत्रसहित दोसल्ला आढाएर सम्मान गरिएको थियो ।

सोहि अवसरमा दोश्रो जन आन्दोलन २०६२/०६३ झापाका कमाण्डर तथा सम्बिधानसभा सदस्य सुधिर कुमार सिवाकोटीलाई समेत सम्मान गरिएको थियो ।

नेपाल विद्यार्थि संघमा आवद्ध विद्यार्थीहरु, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको कार्यक्रम नेपाल विद्यार्थी संघ झापाका सचिव गोकुल पौडेलले सञ्चालन गर्नु भएको थियो ।