झापा / भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाको विज्ञ सदस्यको रुपमा नेपाली कांग्रेसका प्रभावशाली नेता लक्ष्मिप्रसाद आचार्य नियुक्त हुनुभएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आचार्यलाई नियुक्त गरेको हो ।


भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ को दफा ८ को उपदफा १ खण्ड (च) बमोजिम आचार्यलाई भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाको विज्ञ सदस्यको रुपमा नियक्त गरिएको मन्त्रालयले जनाएको छ ।
आचार्यको पदावधि दफा ८ को उपदफा ३ बमोजिम हुने बताइएको छ । आचार्य झापाली राजनितिमा नेपाली कांग्रेसका एक प्रभावशाली नेताका रुपमा परिचित हुनुन्छ । समाज सेवासँगै राजनितिमा लाग्नु भएका आचार्य एक कुशल संगठकका रुपमा समेत आफ्नो परिचय बनाउनु भएको छ ।