बिर्तामोड, ३१ चैत : बिर्तामोडमा आयोजित 'प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता'को उपाधि राम अवतार घिमिरे र कृष्ण खड्काको जोडीले जितेको छ ।

मेहरमान स्मृति प्रतिष्ठानको कभर्ड हलमा वडा खेलकुद विकास समिति बिर्तामोड १ द्वारा शनिबारदेखि आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा घिमिरे र खड्काको टोलीले राजेश उप्रेती र संगम भक्तराजको जोडीलाई हराउँदै विजेता बनेको हो । यस्तै राजु घिमिरे र मदन खड्काको जोडी तेश्रो बनेको छ ।

उपाधि विजेताले नगद २० हजारसहित मेडल, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उप विजेता बनेको उप्रेती र भक्तराजको जोडीले नगद १० हजार र तेश्रो घिमिरे र खड्काको जोडीले ५ हजार रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

वजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला र विशेष अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले पुरस्कार वितरण गर्नु भयो । प्रतियोगितामा १० वटा टिमले प्रतिस्पर्धा गरेको थियो ।

सोही कार्यक्रमका विच मेहरमान बहुउदेश्यीय कवर्ड हलका अध्यक्ष दिलेन्द्र कार्की, मेहरमान प्रतिष्ठानका अध्यक्ष शंकर खड्कालाई सम्मान पत्र प्रदान गरिएको आयोजक समितिका अध्यक्ष केशब पोख्रेलले जानकारी दिनु भयो ।