मङ्गलवार, वैशाख २, २०८२
Sancharmanch

उर्जाशील रामधुनी आमा समूहले नव वर्ष २०८२ को शुभकामना आदान प्रदान सँगै ज्येष्ट अपाङ्ग लाई गर्यो सहयोग

शनिवार, चैत ३०, २०८१
झापा / उर्जाशील रामधुनी आमा समूह विर्तामोडले नव वर्ष २०८२ को शुभकामना आदान प्रदान तथा सहयोग कार्यक्रमको आयोजना गरेको छ । विर्तामोड नगरपालिका वडा नं.४ मा रहेको ज्येष्ठ नागरिक जिल्ला संघ झापाको सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो । आमा समूहले शुभकामना आदान प्रदान कार्यक्रमको अवसर पारेर अपाङ्ग तथा ज्येष्ठ बच्चालाल ठाकुरलाई ह्वीलचियर समेत वितरण गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा विर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईले ज्येष्ठ नागरिक जिल्ला संघको भवनका लागि नगरपालिकाको तर्फ वाट सहयोगका लागि पहल गर्ने बताउँदै आमा समूहले सरकारले गर्न नसकेको काम गरेको बताउनुभयो । समूहका सदस्य बाट रकम संकलन गरी विपन्न बच्चालाल ठाकुरका लागि ह्वील चियर खरिद गरेको बताइएको छ । जसमा बैदेसिक रोजगारीको शिलशिलामा इजरायलमा रहनु भएका समूहकी सदस्य कला बस्नेतका देवर अन्सुमन क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा रु ५,०००।–, बिमला न्यौपाने बाट रु ११००।–, निरा न्यौपाने बाट रु ११००।–, रमा बस्नेत रु ५,००।–, रिता सिवाकोटी बाट रु ५००।–, ज्येष्ठ नागरिक जिल्ला संघले जिल्ला स्तरमै सदस्यता वितरणको कामका लागि योजना बनाएर अगाडि वढेको बताउँदै ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष तथा कार्यक्रमका विशिष्ठ अतिथि इश्वरी प्रसाद तिमल्सेनाले बताउनुभयो । त्यस्तै ज्येष्ट अपाङ्ग बच्चालाल ठाकुरको सहयोगका लागि चन्द्रा चुडाल बाट रु ५०५।–, समृद्धि थापा बाट रु १५००।–, जोस्ना प्रसाई बाट रु ५००।–, ममता ओझा बाट रु ५००।–, गोमा विष्ट रु ३००।–, प्रमिला पौडेल बाट २००।–, शान्ती मैनाली बाट रु ५००।–, बिना गुरुङ बाट रु ११००।–, सुमित्रा खतिवडा बाट रु ५००।–, मनिता खुलाल बाट रु ५००।–, बिना घिमिरे बाट रु.१५००।–, लक्ष्मि सिवाकोटी बाट रु १५००।– रकम संकलन भएको बताईको छ । उर्जाशील रामधुनी आमा समूह अन्तराष्ट्रिय संस्था नभए पनि आफ्नै बलबुताले सामाजिक काममा अग्रसर रहेको बताउँदै समूहकी अध्यक्ष गंगा सिवाकोटी ढकालले संस्थाको शाखा जिल्लाका विभिन्न स्थानमा स्थापना गरिने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै एन के नेपाल ट्रेड एण्ड सप्लायर्सकी मार्केटिङ अफिसर अम्बिका दाहाल श्रेष्ठले सानो कमाइ भएका ग्राहकहरुलाई लक्षित गरी मासिक थोरै रकम जम्मा गरेर शुद्ध पिउनेपानी उपलब्धताका लागि बम्पर उपहार आयोजना हुदै गरेको बताउनुभयो । ज्येष्ट अपाङ्ग बच्चालाल ठाकुरको सहयोगका लागि थप इश्वरी बुढाथोकी बाट रु ५००।–, विर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाई बाट रु २२००।– गंगा सिवकोटी बाट ५,७००।– दिपा प्रसाई बाट रु ५००।–, मञ्जु ओली बाट रु ५००।–, रस्मिता लम्साल बाट रु ५००।–, सिर्जना अधिकारी बाट रु १,०००।– चन्द्र सिटौला बाट रु १,५०५।– संकलन भएको थियो । उर्जाशील रामधुनी आमा समूहले युवा, बालबालिका, बृद्ध बृद्धाहरुलाई सहयोग गर्ने गरेको बताउँदै समूहकी सल्लाहकार सदस्य मन्जु ओलीले समूहले समाज रुपान्तरणका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा सिवाकोटी ढकालको अध्यक्षता रहेको कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाकी उपाध्यक्ष विमला न्यौपानेले स्वागत गर्नु भएको कार्यक्रम संस्थाकी सचिव निरा न्यौपानेले सञ्चालन गर्नु भएको थिायो ।
सम्बन्धित खबर