झापा/ नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाले स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट झापा जिल्ला भित्रका १३ वटै क्याम्पसका विजेता र उपविजेता विद्यार्थीहरुलाई बधाई, शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले नेपाल विद्यार्थी संघ स्थापनाको इतिहास प्रजातन्त्र स्थापना र जनअधिकारका लागि जोडिएको स्मरण गर्दै स्ववियुमा निर्वाचित विद्यार्थी नेताहरुलाई शैक्षिक समस्या समाधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि काम गर्न आह्वान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आजका युवाको सफलतामा भोलीको देशको भविष्य निर्धारण हुने बताउँदै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले स्ववियु निर्वाचनमा प्राप्त सफलताले पार्टीलाई उत्साहित बनाएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थि संघ झापा सभापति सञ्जय निरौलाले झापा जिल्ला हालका प्रधानमन्त्री, सभामुख र मुख्यमन्त्रीको मात्र नभएर नेता कृष्ण प्रसाद सिटौला, विश्व प्रकाश शर्मा, उद्धव थापा लगायतको जिल्ला रहेको शन्देस नेपाल विद्यार्थि संघको विजयले शन्देस दिएको बताउनुभयो ।

कनकाई आदर्श क्याम्पस विर्तामोडका स्ववियु सभापति किरण गुरुङले आफुहरुले विजय गरेर विद्यार्थिको हक हितका लागि काम गर्नु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा झापाका १३ वटै क्याम्पसमा विभिन्न पदमा नेविसंघको तर्फबाट उम्मेद्वार बनी विजयी तथा उपविजयी बनेका विद्यार्थीहरुलाई बधाई, शुभकामना तथा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापा जिल्ला उप सभापती केशव राज पाण्डेले आफु कनकाई क्याम्पस विर्तामोडको पहिलो सभापती भएको बताउँदै विद्याथी संघ बाटै नेताहरुको उदय हुने बताउनुभयो ।

गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा झापाका गौरीगञ्ज बहुमुखी क्याम्पसमा रोशन यादव, गौरादह कृषि क्याम्पसमा स्वर्णिम अधिकारी, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा बासुदेव निरौला, कनकाई आदर्श क्यामपस विर्तामोडमा किरण गुरुङ, इन्द्रचन्द्र क्याम्पस विर्तामोडमा श्रीजित ढुङ्गाना, शनिश्चरे बहुमुखी क्याम्पसमा विशाल थापा, काँकरभिट्टा बहुमुखी क्याम्पस सुरज राई, मेची बहुमुखी क्याम्पस भद्रपुर निलम कार्की, दमक बहुमुखी क्याम्पसमा भुपेन्द्र बस्नेत नेविसंघका तर्फबाट स्ववियु सभापति विजयी भएका थिए । उनीहरुको नेतृत्वमा स्ववियुका विभिन्न पदमा नेविसंघका विद्यार्थीहरु निर्वाचित भएका थिए । नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव एवं विभागीय प्रमुख नवीन विमलीले स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाली कांग्रेस झापाले स्ववियू निर्वाचनमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको बताउनुभयो ।

सितारमेश क्याम्पसमा विवेक वाग्ले, त्रिदेव क्याम्पसमा मनिष गहतराज, गरामनी क्याम्पसमा रोनिश पाठक, गौरादह बहुमुखी क्याम्पसमा मदन सिटौलाको नेतृत्वमा स्ववियु निर्वाचनमा प्रतिष्पर्धा गरेपनि उपविजयी हुनुपरेको थियो । ती क्याम्पसका उपाध्यक्षसहित विभिन्न पदमा नेविसंघका विद्यार्थीहरु विजयी भएका थिए । विजयी तथा उपविजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं अतिथिहरुले अविर र खादा लगाएर स्वागत सम्मान गरिएको थियो । कार्यक्रममा निर्मला आचार्यले मुक्तक प्रस्तुत गर्नुभएको थियो । नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्व रहेको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापती तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता तथा पूर्व मुख्य मन्त्री उद्धव थापाको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव एवं विभागीय प्रमुख नविन विमलीले स्वागत गर्नु भएको कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्य समिति झापाका सचिव कृष्ण हुमागाईले सञ्चालन गर्नु भएको थियो ।