झापा/ उर्जाशील रामधुनी आमा समूह विर्तामोडले संस्थाकी अध्यक्ष गंगा सिवाकोटी ढकालको जन्मदिनको अवसर पारेर विपन्न नागरिकलाई सहयोग गरेको छ ।

समूहले विर्तामोड नगरपालिका वडा नं. ५ मा विगत ३० वर्ष अघिदेखी बसोवास गर्दै आउनुभएका विरामी बच्चालाल ठाकुरको यो घाम पानी नछेक्ने छाप्रोमा पुगेर नगद सहयोग गरेको हो ।

आफ्नो संस्था समाजिक काम गर्दै अफ्ठेरोमा परेका नागरिक यस स्थानमा रहेको भन्ने खवर प्राप्त गरे पछी समूहले सहयोग जुटाएर सहयोग गरेको उजोशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा सिवाकोटी ढकालले बताउनुभयो ।

संस्थाकी सदस्य मनिता खुलालको सकृयतामा सहयोगको कार्यक्रम सञ्चालन गरेको वताउँदै बच्चालाल ठाकुरको अवस्था वास्तबमै जटिल रहेको उर्जाशील रामधुनी आमा समूहकी सदस्य कला बस्नेतले बताउनुभयो ।

उर्जाशील रामधुनी आमा समूह दिन दुःखीलाई सहयोग गर्ने संस्था भएका कारण बच्चालाल ठाकुरलाई सहयोग गर्न समूह उपस्थित भएको समूहकी सचिव निरा न्यौपाने कट्टेलले बताउनुभयो ।

बच्चालाल ठाकुरको अवस्था हेर्दा साँच्चेनै दयनिय रहेको छ । जसको नेपाली नागरिकता पनि छैन । हाल उहाँ अर्काको जमिनमा बोराले बारेको छाप्रोमा जिवन कष्टसँग विताइरहनु भएको छ । बच्चालाल ठाकुरकी श्रीमती लैला ठाकुरले समूह सहयोग लिएर पुग्दा आफु पनि विरामी रहेको र हालसम्म कसैले सहयोग नगरेको गुनासो सुनाउनुभयो ।

श्रीमाललाई हाई ब्लड प्रेसरका कारण पूर्ण अपाङ्ग भएको अवस्थामा खोजीमेली प्राण बचाउन विभिन्न कार्जे तथा कार्यक्रमहरुमा सरसफाईको काम गरेर थोर बहुत कमाउदै पाल्दै आउनु भएको छ । तर केहि समय अघि देखी केहि काम नपाएर विजोग अवस्थामा पुगेको परिवारलाई सहयोग लिएर पुगेको आमा समूहले एउटा परोपकारी कर्म गरेको छ । दिन दुःखीको सहयोगका लागि विभिन्न संघ संस्थाले काम गरिरहेको भए पनि प्रभावकारी कार्यक्रमका लागि भने नेपाली नागरिकनै हुनु पर्ने नीति नियम रहेका कारण यस्ता असाहाय दिन दुःखी अझै ओझेलमा परेकाछन् ।