झापा/ सेडाई बन्धु समाज (अंगिरस) को चौथो वार्षिक साधारणसभा तथा दोश्रो अभिवेशन सम्पन्न भएको छ । शनिवार अंगिरस स्मृति भवन कनकाई कोटिहोममा सभा सम्पन्न भएको हो ।

अधिवेशन बाट पुन दोश्रो कार्यकालका लागि ओमभक्त सेडाईको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन भएको छ । साधारण सभा तथा अधिवेसन कार्यक्रमलाई सम्बोधन गर्दै सेडाई बन्धु समाजले विभिन्न क्षेत्र वाट सहयोग लिएर भवन निर्माण गरेको समाजका अध्यक्ष ओमभक्त सेडाईले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सेडाई बन्धु समाजका तुलसीराम सेडाईले २०५३ सालमा सेडाई बन्धु समाज निमार्ण भएको र विभिन्न समय खण्डमा समाजको स्थायीत्वका लागि बन्धु समाजका पदाधिकारीहरु वाट महत्वपुर्ण योगदान दिएको बताउँदै काठमाण्डौ पछि कोशी प्रदेशमा समाजको स्थापनाका लागि आफुले पहल गरेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सेडाई बन्धु समाज कार्य समिति सदस्य टंक प्रसाद सेडाईले बन्धु समाज २०५२ सालमा केन्द्रिय समिति बनेर झापा जिल्लामा पनि जिल्ला समिति निर्माण गरि विभिन्न कार्यमा सहभागि बन्दै आएको बताउनुभयो ।

मोरङ उदयपुर तदर्थ समितिका अध्यक्ष भोजराज सेडाईले बन्धुहरु साँघुरो घेरा बाट फराकिलो घेरामा परिणत हुँदै गएको बताउँदै सेडाई बन्धुहरुको बंशावली पूर्ण भइनसकेको हुँदा यसको पूर्णतामा अवको समय लगानि गर्नु पर्ने बताउनुभयो ।

सेडाई बन्धु समाजको दोश्रो अधिवेसन बाट अध्यक्षमा ओमभक्त सेडाई, उपाध्यक्ष खगेन्द्र सेडाई, सचिब निलकृष्ण सेडाई, कोसाध्यक्ष यामनाथ सेडाई सदस्यहरु रमेस सेडाइ, भोजराज सेडाई, ओमनाथ सेडाई, इन्दिरा सेडाई, अम्बिका सेडाई, शिव सेडाई, नबिन सेडाई सर्वसम्मत चयन हुनुभएको छ । सेडाई बन्धु समाज (अंगिरस) का संस्थापक अध्यक्ष हरि प्रसाद सेडाईले समाजको भवन विस्तारमा नव निर्वाचित कार्यसमितिले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सेडाई बन्धु समाजका अध्यक्ष ओमधक्त सेडाईको अध्यक्षता रहेको कार्यक्रममा पद्यमादेवी सेडाई माताको प्रमुख आतिथ्यता रहेको थियो ।

समाजका उपाध्यक्ष खगेन्द्र प्रसाद सेडाईले स्वागत गर्नु भएको कार्यक्रम समाजका सचिव गंगा प्रसाद सेडाईले सञ्चालन गर्नु भएको थियो ।