झापा , चैत ५ । नेकपा एमालेका प्रभावशाली नेता मानिने कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्की अध्यक्ष रहेको झापाको विर्तामोड नगरपालिका वडा नं. ८ मारहेको गरामनी क्याम्पसमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको प्यानल नै विजय भएको छ ।
एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियूले ८ जना उम्मेदवार खडा गरेपनी अध्यक्ष पदका उम्मेदवारले ६ मत मात्र प्राप्त गर्दै लज्जास्पद हार ब्यहोरेकछन् । सो क्याम्पसको सेवा क्षेत्र बाटै निर्वाचित प्रदेश संसद कार्की स्ववियू निर्वाचनका लागि विगत १५ दिनदेखी गरामनी क्षेत्रमा भोट मागेर हिडे पनि अनेरास्ववियूले आफ्ना उम्मेदवारजती पनि भोट ल्याउन नसक्दा पाटि भित्रको असन्तुष्टिको परिणम समेत देखिएको जानकारहरु बताउँछन् ।

क्याम्पसका आधा विद्यार्थी उम्मेद्वार बनेर देशभरि चर्चा कमाएको झापाको गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) को निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको प्यानल नै विजय भएको छ । जम्मा ४० जना विद्यार्थीमध्ये २० जना उम्मेद्वार बनेकोमा ३७ जनाले मतदानमा भाग लिएका थिए ।

अन्तिम मत परिणाम अनुसार राप्रविसंका केशव खरेल २३ मत ल्याउँदै सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धीहरु अनेरास्ववियूकी बिमला गिरीले ६ र नेपाल विद्यार्थी संघका रोनिश पाठकले मात्र ८ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा राप्रविसंकै सन्दिप अधिकारी २१ मतसहित निर्वाचित हुँदा अनेरास्ववियूकी सुनिता संग्रौलाले ६र नेविसंघकी सन्जिला कार्कीले मात्र १० मत प्राप्त गरेका छन् ।
त्यस्तै कोषाध्यक्षमा पनि राप्रविसंकै रामकृष्ण पौडेल १९ मतसहित निर्वाचित भएका छन् । सोही पदमा उम्मेद्वारी दिएका अनेरास्ववियूकी अञ्जली मुर्मू ८ र नेविसंघकी खुश्बु खातुनले ९ मत पाएका छन् ।
जिल्लाभरिकै थोरै विद्यार्थी भएर पनि सर्वसम्मत हुन नसकेपछि आधा विद्यार्थी उम्मेद्वार बनेका थिए । स्ववियू चुनाव जित्न नेकपा एमाले , नेपाली कांग्रेस र राप्रपाका नेताहरु दिलोज्यान दिएर लागेका थिए ।